News Portal

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर आगामी १२ डिसेम्बरमा सञ्चालन हुने

५७३ पटक

कुवेत -कुवेतस्थित नेपाली राजदूतावासले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतमा बसोबास गर्दै आएका नेपालीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। आउँदो १२ डिसेम्बर २०२५ शुक्रबारका दिन  निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी नेपाली दूतावासले सूचना प्रकाशित गरेको छ।

उक्त शिविरमा स्वास्थ्य परीक्षण गराउन इच्छुक कुवेतमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले क्युआर कोड स्क्यान गरी आफ्नो नाम र विवरण अनिवार्य रुपमा दर्ता गराउन समेत नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। स्वास्थ्य परीक्षण गराउन इच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले सूचनासँग संलग्न QR Code स्क्यान गरी नाम तथा विवरण अनिवार्य रूपमा दर्ता गराउनु पर्नेछ। दर्ताको अन्तिम मिति २०७८/०८/१९ (५ डिसेम्बर २०२५) रहेको छ।

निःशुल्क स्वास्थ्य शिविरकाे लागि  ७५० जना   पुगेपछि दर्ता बन्द हुने राजदूतावासले जानकारी दिएको छ।नाम दर्ता गराउने अन्तिम मिति २०८२/०८/१९ (५ डिसेम्बर २०२५) सम्म वा दर्ता गर्ने व्यक्तिहरूको संख्या ७५० पुगेको मिति।नाम दर्ता गराएका व्यक्तिहरूले मात्र यो सेवा प्राप्त गर्न सक्नुहुनेछ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने स्थान मिति र समय

स्थान- Bouvardiya MMC Salmiya, Block 3, Salmiya

मिति -२०८२/०८/२६ ( Dec 12 2025 ) शुक्रबार 

समय – बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म 

निःशुल्क स्वास्थ्य शिविरमा प्राप्त हुने सेवाहरू

* Fasting Blood Sugar Test

* Cholesterol Test

* Blood Pressure Test

*  Doctor’s Consultation

* Vision Test

*Hearing Test

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...