News Portal

कबिता ~ ” शितका थाेपा”

हिमाली संचार संवाददाता
७२६ पटक

– प्रीति अर्याल

झिस्मिसे बिहानिकाे उज्यालोमा
पालीको तह-तहबाट
तप-तप भुईमा पछारिएकाे
एक जाेडी शितकाे थाेपा
थाेपाबाट उछिट्टिएका
प्रत्येक शरिरका बाँछिटा
धर्ती भरि छरिन्छ
अाफ्नै अाकार मेटाएर
उ टुलुटुलु हेर्छ
अाफ्नै जिन्दगीले
अात्महत्या गरेको
सुनाैलाे बिहानी

मृत्युुमा अाफ्नै
गाेहिकाे अाँसु बगाएर
मुस्कुराईरहेछ
सुनाैलाे बिहानी
सजिएर सेताे कात्रोमा
एकाेहाेराे शंख धुन
बजाउँदै अाउछन्
घामका एक हुल
किरण मलामी भएर

अाैसिककाे अध्यारो रातमा
जन्मिन्छ एक निराकार
अाकार लिएर
अाकार मेटाउन
अाएका छन् बेेमाैसमी
हुरि ,बतास र तुफानहरु
अाघात समय
टिल्पिलाएकाे देख्छु
क्षितिजबाट
अात्म समर्पण गरेका छन्
थाकेका थाेपाहरुले
र त ,
देख्छन् अलिकति
उज्यालो जुनकीरीकाे
यत्रतत्र छरिएको जुनकीरी
जुनकीरीकाे मन्द- मन्द ज्याेति
ज्याेतिसगै रमाउदै
शुरुआत भएको एउटा
क्षणिक जिन्दगी
पर्खिरहेको छ
सुनाैलाे बिहानी
बिहानीसगै अात्महत्या
गरिरहेकाे अाफ्नै जिन्दगी
अाफ्नै जिन्दगीले
अात्म हत्या गरेको
सुनाैलाे बिहानी।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...