News Portal

  • कबिता ~ ” शितका थाेपा”

    हिमाली संचार संवाददाता
    ६८० पटक

    – प्रीति अर्याल

    झिस्मिसे बिहानिकाे उज्यालोमा
    पालीको तह-तहबाट
    तप-तप भुईमा पछारिएकाे
    एक जाेडी शितकाे थाेपा
    थाेपाबाट उछिट्टिएका
    प्रत्येक शरिरका बाँछिटा
    धर्ती भरि छरिन्छ
    अाफ्नै अाकार मेटाएर
    उ टुलुटुलु हेर्छ
    अाफ्नै जिन्दगीले
    अात्महत्या गरेको
    सुनाैलाे बिहानी

    मृत्युुमा अाफ्नै
    गाेहिकाे अाँसु बगाएर
    मुस्कुराईरहेछ
    सुनाैलाे बिहानी
    सजिएर सेताे कात्रोमा
    एकाेहाेराे शंख धुन
    बजाउँदै अाउछन्
    घामका एक हुल
    किरण मलामी भएर

    अाैसिककाे अध्यारो रातमा
    जन्मिन्छ एक निराकार
    अाकार लिएर
    अाकार मेटाउन
    अाएका छन् बेेमाैसमी
    हुरि ,बतास र तुफानहरु
    अाघात समय
    टिल्पिलाएकाे देख्छु
    क्षितिजबाट
    अात्म समर्पण गरेका छन्
    थाकेका थाेपाहरुले
    र त ,
    देख्छन् अलिकति
    उज्यालो जुनकीरीकाे
    यत्रतत्र छरिएको जुनकीरी
    जुनकीरीकाे मन्द- मन्द ज्याेति
    ज्याेतिसगै रमाउदै
    शुरुआत भएको एउटा
    क्षणिक जिन्दगी
    पर्खिरहेको छ
    सुनाैलाे बिहानी
    बिहानीसगै अात्महत्या
    गरिरहेकाे अाफ्नै जिन्दगी
    अाफ्नै जिन्दगीले
    अात्म हत्या गरेको
    सुनाैलाे बिहानी।।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...