News Portal

ओली र दाहालसँग अदालतले जवाफ माग्यो, ‘नेकपा’को नाम के होला ?

हिमाली संचार संवाददाता
४७७ पटक

काठमाडौं, २५ मंसिर : सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले सोमबार सुनुवाई गर्दै निर्वाचन आयोग र सत्तारुढ ‘नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा’का अध्यक्षद्वय ओली र दाहालविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा ‘नेकपा’ विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसिर २१ गते शुक्रबार निर्वाचन आयोग र ‘नेपाल कम्युनिष्ट पार्टी कोष्ठभित्र नेकपा’का दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...