News Portal

फोहोरमै उपचार : गंगाजमुना गाउँपालिकाको ग्रामीण अस्पतालमा सरसफाइ संकट र गैरजिम्मेवारी व्यवस्थापन

४६० पटक

धादिङ – गंगाजमुना गाउँपालिकामा रहेको ग्रामीण अस्पतालको अवस्था दयनीय बन्दै गएको छ। बिरामी राख्ने शय्यादेखि उपचार कक्षसम्म माकुराको जालो र फोहोर देख्दा स्थानीयवासी र बिरामी परिवार आक्रोशित भएका छन्।

हस्पिटलभित्र सरसफाईको अभावका कारण दुर्गन्ध फैलिएको र बिरामीलाई असहज हुने अवस्था सिर्जना भएको छ। अस्पतालको बिरामी कक्षमै माकुराको जालो टाँसिएको र  दुई–तीन दिनसम्म फोहोर  नउठाउदाकाे  दृश्यले व्यवस्थापन पक्षको चरम लापरवाही उजागर गरेको छ।

“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो बेवास्ता हुनु निकै दुःखद छ।एक स्थानीयले भने, व्यवस्थापनले सरसफाइमा ध्यान नदिँदा बिरामीहरू थप जोखिममा परेका छन्।

गंगाजमुना गाउँपालिकासँगै रहेको यो ग्रामीण अस्पताल गाउँकै प्रमुख स्वास्थ्य केन्द्र भएकाले यहाँको अवस्था सुधार गर्नुपर्ने आवाज स्थानीय स्तरमा बलियो रूपमा उठ्न थालेको छ।बिरामीको सुरक्षागार्ड खै ? अस्पतालमा एउटा सुरक्षा गार्डसमेत नरहेको एक स्थानीयवासीले बताए। जताजताततै माकुराको जालो मात्रै  छ भने    बत्ति बालेमा अनेक थरीथरीका किराहरु छनहस्पिटलको बिरामी शैयामा बत्ती बाल्दाखेरि अनेक थरिका किराहरु आएर बिरामीलाई समेत असर पर्ने गरेको देखिन्छ। भुइँमा हेर्दा फोहोर नै फ़ोहोर छ

अस्पताल स्वास्थ्य सेवा दिने संवेदनशील स्थान भए पनि यस्तो लापरवाहीपूर्ण अवस्था देखिनु अत्यन्त चिन्ताजनक भएको एक  स्थानीयले बताए।  बिरामी   उपचारका लागि आउने ठाउँमा नै यति धेरै फोहोर र अस्वच्छता हुनु प्रशासनको कमजोरी हो,” एक स्थानीय बासिन्दाले भने।

गाउँपालिकाको नजिकै रहेको यस अस्पतालमा सरसफाईका लागि कर्मचारी भए पनि उनीहरूको जिम्मेवारीप्रति उदासीनता र व्यवस्थापन पक्षको निगरानी अभाव देखिएको छ। यसले बिरामीहरूमा संक्रमण फैलिने खतरा बढाएको भन्दै स्थानीयले तुरुन्त सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ। स्वास्थ्यसेवा सहज र सुरक्षित बनाउने उद्देश्यले स्थापना गरिएको ग्रामीण अस्पतालमा यस्तो लापरवाही देखिनु गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन क्षमतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको छ।

 

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...