भेष राज बुढाथोकी
बहुत मेहनत गरेर पढाए, बाले पनि
सोच्दाहुन बुढेसकालमा पालोस छोराले पनि
संगतले मान्छे बिग्रिन्छ, भन्नेले जवाफ देऊ
फूल हुनु पर्ने होईन र? फूल मुनिको काँडाले पनि
जन्मे देखि निरन्तर यो, ज्यान बोकी हिडीराछन्
कहिल्यै आराम पाएनन् विचरा, खुट्टाले पनि
केही पाउनको लागि त, केही गुमाउनै पर्छ
नरोए सम्म दुध पाउँदैन, बच्चाले पनि
तिमि त मान्छे हौ किन, साथ छोड्छु भन्दै हिड्छौ
छोड्दैन कहिल्यै छोड्दैन माटोलाई, ढुङ्गाले पनि ।
छेडेदह गाउँ पालिका ५ डोगडी बाजुरा
हाल : काठमाण्डौँ