News Portal

नेकपाका नेता गुरूङविरूद्ध अनुशासन आयोगमा उजुरी !

हिमाली संचार संवाददाता
६५८ पटक

बाँके : नेकपाका नेता निरक गुरूङविरूद्ध तत्कालिन नेकपा एमालेको अनुशासन आयोगमा उजुरी परेको खुलासा भएको छ । तत्कालिन एमाले बाँकेका उपाध्यक्षसमेत रहेका गुरूङले पार्टी अनुशासन बाहिर गएर आफ्नै नेता तथा कार्यकर्तालाई दुर्व्यवहार गालीगलौज गर्दै पार्टीकै बदनाम गरेको भन्दै तत्कालिन एमालेकै एक नेताले पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएको खुल्न आएको हो ।

पार्टी र कार्यकर्ताको भावना चोट पु¥याएको भन्दै ती नेताले जिल्लास्थित अनुशासन आयोगमा उजुरी दिँदा तत्कालिन नेकपा एमाले बाँकेको जिल्ला कमिटीमा गुरूङ नै उपाध्यक्ष भएकोले सो उजुरीमाथि सुनुवाई नभएको उनले बताएका छन् । उनका अनुसार जिल्लामा सुनुवाई नभएपछि अमर्यादीत बन्दै गएका नेता गुरूङमाथि कानूनी कारवाहीको माग गर्दै आफूले केन्द्रीय अनुशासन कमिटीमा उजुरी दिएको ती नेताले बताए ।

एक बर्षअघि पाटीको भेला नेपालगन्जकै एक होटलमा भएको बेला तत्कालिन उपमहासचिव तथा अहिलेका महासचिव बिष्णु पौडेललाई समेत गुरूङको अनुशासनहीनता र कार्यकर्तामाथिको शोषणका बारे उजुरी गरेको उनले जनाए । तर, उक्त उजुरीमाथि तत्कालिन एमाले र अहिलेको नेकपाले छानबीन समेत सुरू नगरी पार्टीको अनुशासन बाहिर गएका र कार्यकर्ताको भावना, र आँचमा चोट पु¥याइरहेका नेता गुरूङलाई प्रक्षपोषण गरिरहेको नेकपा निकट कार्यकर्ताको गुनासो छ ।

नेता गुरूङले तत्कालिन नेकपा एमाले भेरी अञ्चल कमिटी सदस्य शान्ती ढकाललाई पनि विगतमा गालीगलौज गर्नुका साथै स्थानीय तहको निर्वाचनकै समयमा भाष्कर काफ्लेको होटलमै आगो लगाई सखाप पारिदिने भन्दै धम्कीसमेत दिएको तत्कालिन एमाले कार्यकर्ता नै बताउँछन् ।

अञ्चल कमिटी सदस्य ढकालमाथि गालीगलौज गरेको बिषले एकदमै चर्चा लिएपछि नेता गुरूङले पाटीको बैठकमै माफी मागी आगामी दिनमा कसैलाई पनि यस्तो व्यवहार नगर्ने भनि कागतसमेत गरेको तत्कालिन जिल्ला कमिटीका एक पदाधिकारीले नाम नछाप्ने शर्तमा बताए । केही पत्रकार र दुईचार जना युवाको आडमा आफूलाई नेकपाको ठूलै नेता सम्झदै आएका गुरूङले केही दिनअघि नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव पत्रकार काशीराम शर्मालाई पनि गालीगलौज गर्दे मार्नेसम्मको धम्की दिएको घटना सार्वजनिक भएको थियो ।

यो पनि पढनुहोस।
अबैध यौनजन्य कारोबारमा संलग्न नेकपा नेता गरुङ्गले दिए पत्रकारलाई मार्ने धम्की !

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...