News Portal

बिहारमा उच्च सतर्कता : नेपाल हुँदै भारत प्रवेश गरेको आतंकवादीको आशंका

२६४ पटक

काठमाडौं, भदौ १२ – भारतको बिहार राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमार्ग हुँदै पाकिस्तानस्थित जैश–ए–मोहम्मद समूहका तीन जना सदस्य भारत प्रवेश गरेको आशंका प्रहरीले गरेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नामका तीन जना पाकिस्तानी नागरिक नेपाल–भारत सीमाबाट बिहार प्रवेश गरेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको हो।

तर उनीहरू कुन नाकाबाट र कहिले भारत प्रवेश गरे भन्नेबारे भने स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। प्रहरी मुख्यालयले उनीहरूको परिचय र तस्बिर सबै युनिटमा पठाई निगरानी बढाउन निर्देशन दिएको छ।

विशेषगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीलाई अलर्टमा राखिएको छ। साथै, स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।

यसअघि पनि सन् २०२४ मा नेपालमार्ग हुँदै भारत प्रवेश गरेका तीन जना आतंकवादीलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो।

प्रतिकृया दिनुहोस्

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...