News Portal

कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

४३७ पटक

काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको ज्यान गएको छ । करिब दुई साताअघि भएको यस घटनापछि १६० भन्दा बढी बिरामी उपचाररत छन्।

घटना सार्वजनिक भएपछि कुवेती सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालविरुद्ध ठूला स्तरको कारबाही थालेको छ। यस क्रममा अल-राई क्षेत्रमा रहेको एक प्रमुख गोदाम छापा मारेर नियन्त्रणमा लिइएको छ, जहाँ करिब ३४० कन्टेनर विषाक्त रसायन फेला परेको बताइन्छ।

अधिकारीहरूको अनुसार उक्त गोदाम हाल देशबाहिर रहेका एक इजिप्टेली नागरिकको स्वामित्वमा छ र उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इजिप्टका सुरक्षा निकायसँग समन्वय भइरहेको छ।

उक्त रसायन असुरक्षित स्थानमा भण्डारण भएकाले आगलागी, विस्फोट वा प्रदूषण हुने जोखिम उच्च रहेको भन्दै फायर फोर्स र अन्य निकायको सहकार्यमा स्थललाई सुरक्षित गरिएको हो।

यता, फरवानिया क्षेत्रमा गरिएको अभियानमार्फत ५२ जना आप्रवासी पक्राउ परेका छन्। उनीहरूमा अवैध बसोबास तथा मदिरा व्यापारमा संलग्न भएको आरोप छ। सोही क्रममा हसावी र जलीब अल-शुयुख क्षेत्रमा तीन जना आप्रवासी पक्राउ परेका छन्, जसको घरबाट २३ बोतल मदिरा बरामद भएको छ।

कुवेतको गृहमन्त्रालयका अनुसार हालसम्म आवासीय र श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा २५८ जना आप्रवासी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये नेपाली, भारतीय, बंगलादेशी लगायतका विभिन्न मुलुकका कामदार रहेका छन्।

कुवेती सञ्चारमाध्यमले यो कारबाहीलाई अवैध मदिरा व्यवसायको मूल जरा नै उखेलेको कदमका रूपमा चित्रण गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...