News Portal

डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

३१७ पटक

काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो सात दिनमा मात्रै २११ नयाँ संक्रमित थपिएका छन् भने डेंगुका कारण दुई जनाको मृत्यु भएको छ।

प्रदेशवार विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ९१४ जना, बाग्मतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेस प्रदेशमा ६२ जनामा डेंगु देखिएको छ।

डा. दाहालले आम नागरिकलाई पानी जम्ने ठाउँ सफा राख्न, लामखुट्टे नजनाउने वातावरण सिर्जना गर्न र सतर्कता अपनाउन आग्रह गरेका छन्। सरकारले हरेक शुक्रबार “लामखुट्टे खोज तथा नष्ट” अभियान सञ्चालन गर्दै आएको छ।

सन् २०२४ मा डेंगु ७६ जिल्लामा फैलिएको थियो। सो वर्ष ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...