News Portal

डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलियो, स्वास्थ्य सचेतनामै जोड

४१६ पटक

काठमाडौँ, भदौ  ६ – वर्षा सुरु भएसँगै देशभर डेंगु सङ्क्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार हालसम्म ७४ जिल्लामा तीन हजार २४७ जनामा डेंगु पुष्टि भएको छ। पछिल्लो सात दिनमा मात्रै २११ नयाँ संक्रमित थपिएका छन् भने डेंगुका कारण दुई जनाको मृत्यु भएको छ।

प्रदेशवार विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ९१४ जना, बाग्मतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेस प्रदेशमा ६२ जनामा डेंगु देखिएको छ।

डा. दाहालले आम नागरिकलाई पानी जम्ने ठाउँ सफा राख्न, लामखुट्टे नजनाउने वातावरण सिर्जना गर्न र सतर्कता अपनाउन आग्रह गरेका छन्। सरकारले हरेक शुक्रबार “लामखुट्टे खोज तथा नष्ट” अभियान सञ्चालन गर्दै आएको छ।

सन् २०२४ मा डेंगु ७६ जिल्लामा फैलिएको थियो। सो वर्ष ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए भने १५ जनाको मृत्यु भएको तथ्याङ्क छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...