News Portal

  • बिधायकहरु नै खाली कागजमा सहीछाप गर्ने ?

    ४४३ पटक

    – कमला थापा

    २०८२ भदौ ६ गते शुक्रबार।


    राजनैतिक दलहरुमा देखिएको अराजक परिस्थितिले फेरि अर्को बहस सुरु गरेको छ। करिब एक डेढ बर्ष अगाडि उपसभामुख इन्दिरा राना मगरले केही आफ्ना ३/४ जना ब्यक्तिहरुलाई अमेरिकाको भिसा दिलाउने क्रममा संसद सचिवालयको “लेटर प्याड” मा अमेरिकन दुतावासलाई लेखेको पत्रका कारण अहिले उनिमाथि महाअभियोग लगाएर बर्खास्त गर्न नेपाली कांग्रेसलगायत सबै पार्टिहरुले खाली कागजमा सांसदहरुको हस्ताक्षर लिदै गरेको समाचारले संन्चार जगत र सामाजिक संजाल भरिएको छ। बिधायक जस्तो व्यक्तिहरुले खाली कागजमा हस्ताक्षर गर्नु र गराईनु दुबै अपराध जन्य कार्य ठहर्छ। कानूनी भाषामा यसलाई कृत्य, जालसाजी, फौजदारी अभियोग मानिन्छ। त्यस्मा पनि बिधायक जस्तो ब्यक्ति जो संबिधान भित्र रहेर संम्बिधानको उलंघन गर्नु त्यो ठूलो अपराध भित्र पर्दछ। सर्बप्रथम हेरिनुपर्ने कुरा के हो भने कसै माथि पनि अबिश्वासको प्रस्ताव ल्याउनु भन्दा अगाडि आन्तरिक प्रक्रिया पुरा भएको छ की छैन भनेर हेर्न जरुरी हुन्छ।

    “पहिलो संविधानसभाको संसदिय नेता चुन्ने क्रममा तीन जना उमेदवार खडा हुनुभएको थियो। स्व. गिरिजाबाबु, शेरबहादुर देउवालाई उमेदवार बनाउन चाहनुहुन्थ्यो भने, स्व. सुशील कोइराला बर्तमान राष्ट्रपती रामचन्द्र पौडेललाई, सुशील कोइरालाको गिरीजाबाबुप्रतिको त्यो पहिलो बिद्रोह भनु या असन्तुष्टि! उहाँले निर्वाचन हार्नु भएको थियो। तर सांसद संख्या सुशील कोइरालाको बहुमत थियो।”

    अहिले नेपाली कांग्रेसभित्र खाली कागजमा हस्ताक्षर गराउदैं गरेको कुराले बबण्डर मच्चिएको छ। यो आफैमा एउटा अपराध हो। नेपाली कांग्रेसको बर्तमान नेतृत्वको यो पहिलो घटना भने होइन। उहांले यस्ता घटना बारम्बार दोहोर्याउदै आउनु भएको छ। ०६४ सालको पहिलो संविधानसभामा फर्किन चाहन्छु। पहिलो संविधानसभाको संसदिय नेता चुन्ने क्रममा तीन जना उमेदवार खडा हुनुभएको थियो। स्व. गिरिजाबाबु, शेरबहादुर देउवालाई उमेदवार बनाउन चाहनुहुन्थ्यो भने, स्व. सुशील कोइराला बर्तमान राष्ट्रपती रामचन्द्र पौडेललाई, सुशील कोइरालाको गिरीजाबाबुप्रतिको त्यो पहिलो बिद्रोह भनु या असन्तुष्टि! उहाँले निर्वाचन हार्नु भएको थियो। तर सांसद संख्या सुशील कोइरालाको बहुमत थियो। पौडेलजी दलको नेतामा बिजयी हुनुभयो। देउवालाई यो सैह्य भएको थिएन।

    “भोलिपल्ट म संसदबाटै बेलुका ४ बजे उहांको निवासमा गए। भेटेर आउने जति सबैको हल्ला थियो। उहाले अरु कुरै गर्नु हुन्न सिधै कोटको भित्री खल्तिबाट कागज निकालेर हस्ताक्षर गर्न लगाउनुहुन्छ गरेर आयौं भन्ने सुनिन्थ्यो।”

    पौडेल संसदिय दलको नेता भएको एक बर्ष पुरा हुदा नहुदै गिरिजाबाबु स्वर्गे हुनुभयो। ०६६ सालको सायद सुरु तिरै शेरबहादुर दाईले पौडेलबिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउने अभियान चलाउनु भएछ। यसैगरि सांसदहरुको हस्ताक्षर लिने क्रम सुरु भयो। उहांका निकटकाले भनेर मान्ने सांसदलाई उनिहरु मार्फत र नमान्ने जस्तो देखिएकालाई आफ्नो निवासमा बोलाउँदै हस्ताक्षर लिने काम सुरु भएछ। मलाई उहांको बिश्वासपात्र प्रकाश शरण महतले दलको कार्यालय, प्रमुख सचेतकको कोठामा बोलाएर भन्नुभयो। तपाईलाई दाइले सम्झनु भएको छ। सहयोग गर्नु पर्यो, मैले जवाफ दिए अहिले बेला भएको छैन उहां सफल हुन सक्नुहुन्न असफलताको लागि प्रयास नगरेको राम्रो मेरो यही जवाफ सुनाइ दिनुहोला भने। त्यस पछि अर्को दिन बर्तमान उपसभापति पूर्ण बहादुर खडकाले संसद भवनमै मलाई भन्नु भयो दाजुले तिमिलाई सम्झिनु भएको छ। उहाको निवासमा एकपटक जाउन, म हासिरहें। पर्सिपल्ट मलाई शेरबहादुर दाइको फोन आयो। कमला तिमी म कहां आउ न, मैंले हस दाजु भने। भोलिपल्ट म संसदबाटै बेलुका ४ बजे उहांको निवासमा गए। भेटेर आउने जति सबैको हल्ला थियो। उहाले अरु कुरै गर्नु हुन्न सिधै कोटको भित्री खल्तिबाट कागज निकालेर हस्ताक्षर गर्न लगाउनुहुन्छ गरेर आयौं भन्ने सुनिन्थ्यो।

    “आखिर त्यो प्रस्ताव पेश भएन। यो सत्य घटनाको उदाहरण पेश गरेको हूं। सांसदहरुमा निर्णय लिन सक्ने क्षमताको साथै बिबेक र आत्माको आवाज सुन्नु जरुरी छ। यहां सवाल देश को छ। नेताले अराएको मात्र हैन।”

    जब म पुगें मलाई भित्र ठूलो बैठकमा लगियो र बैठकको उत्तर पट्टिको झ्यालमा दुईओटा सोफा “टि” टेवल राखिएको ठांउमा मलाई बस भन्नु भयो। म बसें दाजुले हेर कमला रामचन्द्रले संसदमा राम्रो भुमिका निर्वाह गर्न सक्दैनन् त्यसैले अविश्वासको प्रस्ताव ल्याउन लागेको तिमिले पनि मलाई सहयोग गर्नुपर्यो भन्नुभयो। तर मलाई कागज झिकेर दिन सक्नु भएन, दिनु भएन। मैले सुझाव दिए दाजु अहिले तपाईको प्रयास कुनै हातमा सफल हुन सक्दैन, हिजो भोट दिनेहरुको सोचमा परिवर्तन आएको छैन। र आउन पनि सक्दैन, त्यसैले तपाईका वरिपरि चौविसै घण्टा बस्ने, चौविस घण्टे कार्यकर्ताहरुको बहकाउमा यो कदम उठाउनु हुदैन म सानो कार्यकर्ताले यति ठूलो सुझाव दिने भनेर नरिसाउनु होला। अहिले तपाई सफल हुन सक्नु हुन्न्। त्यस्तो समय आएछ भने मं खुलेरै तपाईलाई सहयोग गरुम्ला, किन लुकिछिपी हस्ताक्षर गर्नुपर्यो दाजु यो मेरो वचन हो। तर अहिले यो कदम उठाउनु तपाईको लागि ठूलो घात, अपमान हुनसक्छ। अहिले अबिश्वासको प्रस्ताव ल्याउनै हुदैन भन्दा दाईको जवाफ यस्तो थियो। मलाई कृष्ण सिटौलाले सुशील कोइरालाले भनेर पठाएको पौडेलबाट संसद चल्ने भएन शेरबहादुर देउवालाई अबिश्वासको प्रस्ताव ल्याउन भन्नु भनेको रहेछ। त्यसैले ल्याउन खोजेको हो,भन्नु भयो। मैले फेरिपनि जवाफ दिए त्यो कुरा कुनै हालतमा हुनै सक्दैन।

    त्यति भनेर म बिदा मागेर फर्किएँ। मं सिधै सुशिल दाजुको महाराजगन्ज निवासमा गए। त्याहां कृष्ण सिटौला र सुशिल दाई मात्र हुनुहुँदो रहेछ। सुशील दाईले सोध्नुभयो भयो हस्ताक्षर गरेर आउनु भयो ? मैले भने मलाई हस्ताक्षर गर भन्नै सक्नु भएन, भनेको भए पनि म गर्नेवाला थिईन। मैले उहालाई नै प्रतिप्रश्न गरें, दाजु अबिश्वासको प्रस्ताव ल्याउन त तपाईले नै लगाउनु भएको रे, अहिले म सिधै त्यहिबाट आउदै छु। सिटौलाजीले देउवालाई यहि भन्नु भएको रहेछ। त्यसैले मैले ल्याउन लागेको हो। नपत्याए सुशीललाई गएर सोध भन्नु भयो। के हो दाजु हामिलाई अन्यौलमा नराख्नुहोस भन्दा सुशिलदाले सिटौलालाई नराम्रोसंग झापटनु भयो। हैन कमलाजी छोड्नु होस न त्यो कुरा तपाई बुझ्नुहुन्न। उहां कालो मुख पारेर म संग रिसाउँदै डिडनु भयो। आखिर त्यो प्रस्ताव पेश भएन। यो सत्य घटनाको उदाहरण पेश गरेको हूं। सांसदहरुमा निर्णय लिन सक्ने क्षमताको साथै बिबेक र आत्माको आवाज सुन्नु जरुरी छ। यहां सवाल देश को छ। नेताले अराएको मात्र हैन।

    “खाली कागजमा हस्ताक्षर गर्दा दलहरुले आफ्नो स्वार्थका लागि जहाँ जुनबेला पनि प्रयोग गर्न सक्छन्। गलत ठाउँमा प्रयोग भयो भने त्यसको परिणाम खतरनाक नहोला भन्न सकिन्न। देश अहिले अत्यन्तै जटिल अबस्थामा छ। त्यसमा पनि राजसंस्था पुनर्स्थापित हुने संकेत पाएका बिदेशीका रिमोटहरुले कुनै पनि बेला देशै बेचेर भाग्न बेर छैन। सन् १९७५ मा सिक्किमका नेता लेन्डुप दोर्जेले गरिसकेका छन्। लेन्डुप दोर्जेको पार्टि सिक्किम नेशनल कांग्रेसले सन् १९७५ मा ३२ सिटमा ३० सिट दुई तिहाई मत ल्याउदा २९ जनाको हस्ताक्षर गराएर सिक्किम भारतलाई बुझाएको नजिर हाम्रो सामुन्ने ताजै छ। भोली हाम्रा नेताहरुले पनि त्यसै नगर्लान भन्न सकिन्न। बिधायकहरुको ध्यानमा रहन जरुरी छ। खाली कागजमा हस्ताक्षर गर्नु भनेको राष्ट्रघाती काम हो।”

    हस्ताक्षर गर्नु पर्दा शीर्षक लेखिएको छ की छैन कुन प्रयोजन र उद्देश्यको लागि हस्ताक्षर गराईएको हो यदि शीर्षक नलेखिएको रहेछ भने खाली कागजमा हस्ताक्षर गर्दा दलहरुले आफ्नो स्वार्थका लागि जहाँ जुनबेला पनि प्रयोग गर्न सक्छन्। गलत ठाउँमा प्रयोग भयो भने त्यसको परिणाम खतरनाक नहोला भन्न सकिन्न। देश अहिले अत्यन्तै जटिल अबस्थामा छ। त्यसमा पनि राजसंस्था पुनर्स्थापित हुने संकेत पाएका बिदेशीका रिमोटहरुले कुनै पनि बेला देशै बेचेर भाग्न बेर छैन। सन् १९७५ मा सिक्किमका नेता लेन्डुप दोर्जेले गरिसकेका छन्। लेन्डुप दोर्जेको पार्टि सिक्किम नेशनल कांग्रेसले सन् १९७५ मा ३२ सिटमा ३० सिट दुई तिहाई मत ल्याउदा २९ जनाको हस्ताक्षर गराएर सिक्किम भारतलाई बुझाएको नजिर हाम्रो सामुन्ने ताजै छ। भोली हाम्रा नेताहरुले पनि त्यसै नगर्लान भन्न सकिन्न। बिधायकहरुको ध्यानमा रहन जरुरी छ। खाली कागजमा हस्ताक्षर गर्नु भनेको राष्ट्रघाती काम हो। मुलुकको संविधान, कानूनको उलंघन गरेर गरिएको उक्त कार्य सजायंको भागिदार छ। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।

    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...