News Portal

  • ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    ६१९ पटक

    २०८२ साउन २३ गते।

    नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति हुँदा के बहुबिबाह गर्न पाउनुपर्छ, यस्को लागि कानून बनाउने भन्ने सहमति भएको थियो ? यो आम जनताको प्रश्न हो। लोकतन्त्रमा प्रतिपक्षबिहिन सरकार बनाएर नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टी संम्लग्न सरकारले आज देश र समाजमा अर्को अपराध जन्य कार्य गर्दै छ। सुनिदैछ, बहुबिबाहलाई कानूनी मान्नेता दिनको लागि मस्यौदा तयार गरिदैछ। २१औं शताब्दीमा यो समय सापेक्ष हुनसक्छ ? देशका जल्दाबल्दा राष्ट्रिय मुद्धाहरुलाई छोडेर काम नपाएको सरकार अब बहुबिबाहको कानून बनाउदै छ। के यो कानून प्रधानमन्त्री केपि शर्मा ओलीलाई आवश्यक परेको हो ? यदि हो भनेपनि तपाईको ब्यक्तिगत चाहना पुरा गर्न देश र समाज बिगार्ने, घरेलु हिंसा बढाउने काम गर्न कदापि पाईदैन।

    “त्यत्रा सांसदहरु भएको संसदिय समितिमा सांसदहरुलाई पत्तै नहुने गरी कुलीङ बिधेयक पास गरेर पठाईन्छ। देशका बिभिन्न ठांउका महत्वपूर्ण जग्गाहरु भू-माफियालाई पोस्न केवल मन्त्रिपरिषदको निर्णय गराउदै संसदलाई छलेर भूमि सम्बन्धी बिधेयक राष्ट्रपति कहाँ लगिन्छ। के नितिगत भ्रष्टाचार होईन ? यस्तै देश भडुवा काम गर्नको लागि मात्र यो गठबन्धनको सरकार बनेको हो ? हो भन्ने साबित भएको देखियो।”

    जनता झुक्याउन संबिधान सम्बोधन गर्नको लागि भनेर बनाएको सरकार आज बहुबिबाहको कानून लेराउंदै छ। यो कदापि मान्य हुने छैन। यी भ्रष्ट दलाल पार्टि, सरकारको चरित्र के हो भन्ने कुरा यसैबाट उदागों भएको छ। संसदमा छलफल भएको छैन। संसदलाई निकम्मा बनाईएको छ। त्यस्तै संसदिय समितिहरु ! त्यत्रा सांसदहरु भएको संसदिय समितिमा सांसदहरुलाई पत्तै नहुने गरी कुलीङ बिधेयक पास गरेर पठाईन्छ। देशका बिभिन्न ठांउका महत्वपूर्ण जग्गाहरु भू-माफियालाई पोस्न केवल मन्त्रिपरिषदको निर्णय गराउदै संसदलाई छलेर भूमि सम्बन्धी बिधेयक राष्ट्रपति कहाँ लगिन्छ। के नितिगत भ्रष्टाचार होईन ? यस्तै देश भडुवा काम गर्नको लागि मात्र यो गठबन्धनको सरकार बनेको हो ? हो भन्ने साबित भएको देखियो।

    “देशको संबिधान आ-आफ्नो दलिए स्वार्थमा आधारित आफैलाई हेरेर बनाईयो। यस्तो राष्ट्रघाति काम गर्ने मुख्य पात्रहरुमा संविधान मस्यौदा समितिका अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष कृष्ण सिटौला, प्रचण्ड, केपि ओली, झलनाथ खनाल प्रमुख पात्रहरु हुन्। कारण पहिलो संविधान सभामा ति खुराफाती दुईजना र स्व. सुशील कोइरालाको उपस्थिति थिएन। यी सबै कुरामा सुशील कोईरालाको सहयोग उनिहरुलाई आवश्यक थियो। कारण सिधा स्वभावका कोइरालालाई झुक्याउन सजिलो ठानेका थिए र संबिधानलाई बैधानिकता दिलाउन मद्दत पुग्ने थियो। यी कुराहरु बुझेर जब सुशील कोइरालाले बिरोध गरे, केही समय पछि सार्ने कोसिस गरे त्यही भारि सभामा सीटौलाले सुशील कोइरालालाई नराम्रोसंग झपारेको कुरा त्यतिबेलाका उपस्थित सबैलाई राम्रोसंग अबगत छ। आजको बहुबिबाह सम्बन्धि ल्याउन लागेको कानूनले पनि त्यसै कुराको निरन्तरता हो भन्ने कुरालाई पुष्टि गर्छ।”

    ०६२/६३ को आन्दोलनले नखोजेको नसोचेको कुरा जसरी संविधानमा राखियो:- जस्तो गणतन्त्र, धर्म निरपेक्षता, संघियता, समानुपातिक निर्वाचन प्रणालि र सबैभन्दा महत्वपूर्ण कुरा राजसंस्था हटाउने आन्दोलनको कुनै उद्देश्य नै थिएन। मोडमोडबाट जनतालाई धोखा दिएर भित्र्याईयो। पहिलो संविधानसभाले माथि उल्लेखित बूदांहरुलाई मानेकै थिएन। त्येसैले पहिलो संविधानसभा बिना सूचना आधा रातमा बेवारिस तरिकाले भंग गरियो, जुन कुरा तत्कालीन सभामुख स्व. सुवास नेम्वाङलाई समेत थाहा दिईएन। उहाँले बारम्बार भनिरहनु भएको थियो। माओवादी शान्ति प्रक्रियामा आएर ८३ जना टिके साम्सदले संसदमा प्रबेश पाईसकेपछि बनेको २०६३ को अन्तरिम संविधानमा समेत उल्लेख नगरिएको कुरा ०७० को दोश्रो संविधान सभाले बलजफ्ति र धोखाधडिबाट घुसाईएको ०७२ को संबिधान हो। देशको संबिधान आ-आफ्नो दलिए स्वार्थमा आधारित आफैलाई हेरेर बनाईयो। यस्तो राष्ट्रघाति काम गर्ने मुख्य पात्रहरुमा संविधान मस्यौदा समितिका अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष कृष्ण सिटौला, प्रचण्ड, केपि ओली, झलनाथ खनाल प्रमुख पात्रहरु हुन्। कारण पहिलो संविधान सभामा ति खुराफाती दुईजना र स्व. सुशील कोइरालाको उपस्थिति थिएन। यी सबै कुरामा सुशील कोईरालाको सहयोग उनिहरुलाई आवश्यक थियो। कारण सिधा स्वभावका कोइरालालाई झुक्याउन सजिलो ठानेका थिए र संबिधानलाई बैधानिकता दिलाउन मद्दत पुग्ने थियो। यी कुराहरु बुझेर जब सुशील कोइरालाले बिरोध गरे, केही समय पछि सार्ने कोसिस गरे त्यही भारि सभामा सीटौलाले सुशील कोइरालालाई नराम्रोसंग झपारेको कुरा त्यतिबेलाका उपस्थित सबैलाई राम्रोसंग अबगत छ। आजको बहुबिबाह सम्बन्धि ल्याउन लागेको कानूनले पनि त्यसै कुराको निरन्तरता हो भन्ने कुरालाई पुष्टि गर्छ।

    “भ्रष्टाचारले मौलाएका नेता, तिनका दास कार्यकर्ता, उच्च ओहदाका कर्मचारी सबैको लागि यो कानून आबस्यक रहेछ भन्ने जनाउछ। जस्का बिवाहित श्रीमती, बालबच्चा हुदाहुदै पनि बाहिर अनैतिक सम्बन्ध राखेर जन्माएका बच्चा र तिनलाई बैधानिकता दिनको साथै बिदेशीहरुलाई नागरिकता प्रदान गर्न सजिलो हुने छ।”

    देशको धर्म, संस्कृति, रितिरिवाज, परम्परा सबै नष्ट गर्दै अब प्रत्येक नागरिकको घर, परिवार र समाजमा झगडा, भाडभैलो मच्चाउने काममा यो गठबन्धनको दुई तिहाई सरकार हात धोएर लागेको देखियो। यस्तो बिक्रितिका बिरुद्ध एक जना कांग्रेसको महिला सांसद बाहेक अरु कुनै दलका सांसद, यूवा सांसद, नागरीक समाज, महिला अधिकारकर्मीहरु बोलेको सुनिदैन। यस कुराले के जनाउछ भने भ्रष्टाचारले मौलाएका नेता, तिनका दास कार्यकर्ता, उच्च ओहदाका कर्मचारी सबैको लागि यो कानून आबस्यक रहेछ भन्ने जनाउछ। जस्का बिवाहित श्रीमती, बालबच्चा हुदाहुदै पनि बाहिर अनैतिक सम्बन्ध राखेर जन्माएका बच्चा र तिनलाई बैधानिकता दिनको साथै बिदेशीहरुलाई नागरिकता प्रदान गर्न सजिलो हुने छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सायद सुशानको नमुना यहि नहोला भन्न सकिन्न। देश त रित्याईसके जो भएका महिला, बालबालिकाको जनजिवनमा संकट घोलेर घरेलु हिम्सा बढाउने काम यो सरकार गर्दै छ। यस्तो कानून कुनै हालतमा आउन दिनुहुँदैन।

    “बहुबिबाहमा पुरुषहरु मात्र होइन, महिलाहरुले पनि श्रीमान, बालबच्चा छोडेर दोश्रो बिबाह गरेको अबस्थामा महिला-पुरुष दुबैलाई बहुबिबाह सम्बन्धि बराबर सजायंको ब्यबस्था हुनुपर्छ। कांग्रेस यस्ता बिकृतिबिरुद्ध बोल्दैन, किनाराको साक्षी मात्र बस्ने हो भने अब ४७ सालको संबिधान अनुसार राजाले बुझाएको जनताको नासो र ७ पार्टिले गरेको ५ बूंदे सहमति अनुसार संसद भंग गर्दै बिकल्प सहितको अन्तिरिम सरकार बनाएर निर्वाचनमा जानुको बिकल्प छैन।”

    ब्यबस्थापिका संसद, न्यायपालिका, कानूनबिद, न्यायपरिषद्, उच्च न्यायलयको ध्यानाकर्षण होस्। बहुबिबाहमा पुरुषहरु मात्र होइन, महिलाहरुले पनि श्रीमान, बालबच्चा छोडेर दोश्रो बिबाह गरेको अबस्थामा महिला-पुरुष दुबैलाई बहुबिबाह सम्बन्धि बराबर सजायंको ब्यबस्था हुनुपर्छ। कांग्रेस यस्ता बिकृतिबिरुद्ध बोल्दैन, किनाराको साक्षी मात्र बस्ने हो भने अब ४७ सालको संबिधान अनुसार राजाले बुझाएको जनताको नासो र ७ पार्टिले गरेको ५ बूंदे सहमति अनुसार संसद भंग गर्दै बिकल्प सहितको अन्तिरिम सरकार बनाएर निर्वाचनमा जानुको बिकल्प छैन। यस्ता तमाम बृक्रितिका बिरुद्ध उत्रिएका राष्ट्रिय अभियन्ताहरु एकजुट हुदै आन्दोलनको आँधिबेहरीले स्वच्छ निर्मल शान्तिपूर्ण देश निर्माणमा जुटिसकेका छन्। सबै जनताको प्रतिक्षाको समय नजिकै आईसकेको हुनाले भ्रष्टहरुको अन्त्य निश्चित छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनआरएनएमा ऐतिहासिक एकता, प्रधानमन्त्रीको रोहवरमा सहमति दस्तावेज हस्ताक्षर

    काठमाडौं, मंसिर १२ – गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि चुलिँदै आएको विवाद अन्त्य हुँदै...

    कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा

    काठमाडौं, मंसिर १२ — कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल, उज्यालो नेपाल पार्टी, मंसिर...

    काठमाडौँ महानगरले अतिक्रमित संरचना डोजरले भत्कायो

    काठमाडौँ, मंसिर १२ — काठमाडौँ महानगरपालिकाले वडा नं. १०, देवीनगरमा सार्वजनिक जग्गामा बनेका अतिक्रमित संरचना...

    धनगढीमा नेकपाको एकता सन्देश जुलुस सुरु

    धनगढी, मंसिर १२ – नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा एकता सन्देश लिएर अगाडि बढेको जुलुस सुरु गरेको...

    काठमाडौंमा राप्रपाको मंसिर २३ को प्रदर्शन तयारी

    काठमाडौं, मंसिर १२ – राप्रपाले मंसिर २३ गते राजधानीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको...