– ॠतु सिंह
हिउदे खोला पनि वर्षातमा सुक्छ भनेँ
अर्जुनको वाण पनि निशानामा चुक्छ भनेँ
म के भन्न र गर्न सक्छु र !
मात्र
भावनाका केही तरेलीहरु पोख्नबाहेक
अपनत्वको आभामा सयरङ्गी
फूलहरूको मालाझैँ उनिदिने मन
तर
तिमी स्नेहयुक्त साइनोले
ती सयरङ्गी फूलका
मालाहरुलाई सम्झनाका आकृतिहरुमा
दिगदिगन्तसम्म चीरस्थायी बनाउने
अपेक्षामा टाढा भएछोै
जीवन साहचर्यका प्रथम प्रथम
रमाइला उन्मेषहरु, सहवास
र
ठट्योैलीहरुका
एक अध्यायबाट बिदाइ भएछोै
के ती दिन र क्षणहरु ऋतु परिवर्तनको क्रमझैँ
फेरि -फेरि फर्केर आउँला त ?
अहँ आउदैन, कदापी आउदैन
सायद
यहीनिर प्रकृति निष्ठुर भएकी छिन् की ?
त्यसैले त भन्न मन लाग्छ,
जीवन सलल बगिरहन्छ
बगिरहन्छ ।
भरतपुर, चितवन।