News Portal

  • रोमानियामा निधन भएका विवश विश्वकर्माको परिवारलाई २० हजार रुपैयाँ आर्थिक सहयोग

    १३९ पटक

    म्याग्दी, साउन १६ – विदेशी भूमिमा ज्यान गुमाएका म्याग्दीका एक युवा विवश विश्वकर्माको परिवारलाई नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    मंगला गाउँपालिका–५, साविक अर्मन गा.वि.स.–६ निवासी स्वर्गीय गंगबहादुर विक र फूलमाया विकका छोरा विवश विश्वकर्मा (ईश्वर) वैदेशिक रोजगारीको सिलसिलामा २०७९ साल फागुन १० गते रोमानिया गएका थिए। रोजगारीकै क्रममा २०८२ असार ५ गते साइकल दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। अहिले उनको शव रोमानियामै अलपत्र अवस्थामा रहेको छ।

    विवशको कमाइमा भर परेर जीवनयापन गरिरहेका उनकी वृद्ध आमा, ३ वर्षीया छोरी, ४ वर्षका छोरा र श्रीमती मृत्युपछि आर्थिक संकटमा परेका छन्। यही पृष्ठभूमिमा पीडित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नेकपा (विप्लव) निकट भातृ संगठन नेपाली जनप्रसिद्ध, कुवेतले २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

    उक्त रकम नेकपाका पोलिट ब्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज ध्रुव धिमिरेले स्वयम् पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।

    यसअघि मंगला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले शव व्यवस्थापन र परिवारको राहत तथा बालबालिकाको शैक्षिक कोषका लागि सबै पक्षलाई आर्थिक सहयोगको अपिल गरेका थिए।

    प्रवासमा ज्यान गुमाएका विवश विश्वकर्माको शव स्वदेश ल्याउने प्रक्रिया अघि बढाउने र परिवारलाई थप सहयोग जुटाउने अभियानमा स्थानीय तह, गैरसरकारी संघसंस्थाहरू तथा सामाजिक अभियन्ताहरू समेत संलग्न हुने अपेक्षा गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...