News Portal

एनआरएनए अध्यक्ष श्रेष्ठको प्रस्टोक्ति: केसी पक्षको महाधिवेशन अवैधानिक

५७३ पटक

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बद्री केसी पक्षले महाधिवेशन गर्नै नमिल्ने जिकिर गरेका छन्।

केसी पक्षले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन सकेर आगामी अक्टोबरमा १२ औँ महाधिवेशनको तयारी गरिरहेका बेला श्रेष्ठले संघको विवादका सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन समेत रहेकाले त्यसो गरिए सोझै मानहानि हुने बताएका हुन्।

श्रेष्ठले शुक्रवार सञ्चारकर्मीहरूसँग भने, ‘सर्वोच्च अदालतको परमादेश अनुसार, उच्चस्तरीय समितिको संयोजनमा वैशाखमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एकता महाधिवेशन सम्पन्न भइसकेको छ। त्यसमा परराष्ट्र मन्त्रालयको समेत मान्यता प्राप्त भइसकेको छ। यस्तो अवस्थामा अर्को महाधिवेशन वैधानिक हुन सक्दैन।’

श्रेष्ठका अनुसार परराष्ट्र मन्त्रालय एनआरएनए महाधिवेशनमा सधैँ संलग्न रहने अभ्यास रहिआएको छ। सोहीअनुसार वैशाखमा सम्पन्न महाधिवेशन पनि सम्पूर्ण प्रक्रिया पुर्‍याएर गरिएको हो। त्यसैले अहिले बद्री केसी पक्षले गर्न लागेको भनिएको महाधिवेशन वैधानिक नहुने र त्यसले संस्थागत मान्यता समेत नपाउने उनले जिकिर गरे।

उनले अगाडि भने, ‘यदि अदालतले नयाँ फैसला गर्‍यो भने त्यसअनुसार अघि बढ्न सकिन्छ। अथवा हामी सबै बृहत् एकता गरी अर्को महाधिवेशन गर्न सहमत भयौँ भने मात्र अर्को महाधिवेशन सम्भव छ। त्यसबाहेक अब कुनै पनि अधिवेशन वैधानिक हुने छैन।’

श्रेष्ठले सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई पनि एकपक्षीय अधिवेशनमा सहभागी नहुन र त्यसका लागि कुनै सदस्यता शुल्क बापतको सहयोग नगर्न समेत अनुरोध गरे।

श्रेष्ठले भने, ‘विचाराधीन मुद्दाका बिच एकतर्फी रूपमा अधिवेशनमा भाग लिने वा सदस्यता शुल्कको पैसा पठाउने एनसीसीलाई हामीले संघको मान्यता नदिने स्पष्ट पार्दछौँ।’

यस्तै उनले अवैध रूपमा महाधिवेशन गर्न खोजिए त्यस विरुद्ध अदालत जाने समेत स्पष्ट पारे।

एनआरएनएको विवादका सन्दर्भमा अदालतमा विचाराधीन रहेका ६ वटा मुद्दामाथि सर्वोच्च अदालतमा साउन २२ गते सुनुवाइ हुने गरी पेसी तोकिएको छ। यसअघि बिहीबार उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको पूर्ण इजलासमा परेको थियो।

सर्वोच्चका न्यायाधीशहरू हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको हो। यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...