News Portal

मकवानपुरमा ट्राफिक कारबाहीबाट एक वर्षमै दुई करोडभन्दा बढी राजस्व संकलन

२९५ पटक

मकवानपुर, साउन १५ – मकवानपुर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा एक आर्थिक वर्षमा राज्यको ढुकुटीमा दुई करोडभन्दा बढी राजस्व प्रवेश गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३० हजार ३४ वटा सवारीसाधनमाथि कारबाही गर्दै कार्यालयले रु. २ करोड ४१ लाख ४५ हजार ५४ राजस्व संकलन गरेको हो।

यसअघि, आर्थिक वर्ष २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरी झण्डै रु. ३ करोड ६९ लाख ६७ हजार उठाइएको थियो। अघिल्लो वर्षको तुलनामा कारबाहीको संख्या घटेको भए पनि राजस्व संकलन भने उल्लेखनीय मात्रामा भएको देखिन्छ।

उक्त कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मकवानपुर जिल्लामा भएका ४०७ वटा सवारी दुर्घटनामा ५० जनाको ज्यान गएको छ भने ९६५ जना घाइते भएका छन्।

यस्ता दुर्घटनाको दर र ट्राफिक नियम उल्लङ्घनको अवस्था हेर्दा सवारी सुरक्षामा अझ गहिरो ध्यान पुर्‍याउनुपर्ने आवश्यकता देखिन्छ। ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा जनचेतनामूलक कार्यक्रम, प्रविधि प्रयोग र निगरानी प्रणालीलाई थप सशक्त बनाउने योजना अघि सारेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...