News Portal

कानेपोखरीमा सुन पसलको आवरणमा करोडौँ ठगी, पीडित आन्दोलित

२३१ पटक

विराटनगर, साउन १४ – मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा सञ्चालनमा रहेको ‘अधिकारी सुन पसल’बाट करोडौँ ठगी भएको खुलेको छ । पसलका सञ्चालक र स्थानीय एमाले नेता मनोज अधिकारी १२ करोड रुपैयाँसहित फरार भएका छन् । उच्च ब्याज दिने प्रलोभन देखाएर उनले २४१ भन्दा बढी सर्वसाधारणबाट रकम संकलन गरेका थिए ।

अधिकारी वैदेशिक रोजगारीमा रहेका कामदारदेखि दैनिक ज्यालादारी गर्ने श्रमिकसम्मलाई समेत बचत राख्न प्रलोभन देखाउँदै योजनाबद्ध रूपमा ठगेका हुन् । रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरू बिचल्लीमा परेका छन् । अधिकारी कानेपोखरी अस्पताल सञ्चालक समितिका सदस्यसमेत थिए । उनका बुबा होमनाथ र दाइ अमेरिका बसोबास गर्दै आएका छन् भने आमा र श्रीमती गाउँकै घरमा छन् ।

यो घटनापछि पीडितहरू आन्दोलित भएका छन् । ३० लाख रुपैयाँ फसेकी पीडित विष्णुमाया गिरी अधिकारीको घरमै धर्ना बसेकी छिन् । आँसु झार्दै उनले भनिन्, “पाँच–सात दिनदेखि भात खाएकै छैन, पैसा नपाएसम्म यहीँ बस्छु ।” अर्का पीडित पर्शुराम फुयाँलले पनि ९ लाख २० हजार रुपैयाँ डुबेको बताए ।

पीडितहरूले स्थानीय पालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालयमा गुहार मागे पनि औपचारिक निवेदन दिएका छैनन् । व्यक्तिगत सुन पसलमा रकम जम्मा गर्नु कानुनविरुद्ध हुने र अधिकांश रकममा प्रमाणपत्र (पासबुक) नहुँदा कानुनी कारबाही अघि बढाउन कठिन भएको पीडितहरूको भनाइ छ ।

फरार अधिकारीविरुद्ध नवीन पौडेलको नेतृत्वमा ‘ऋण असुली समिति’ गठन भएको छ । समितिले अधिकारीको नाममा रहेको करिब एक बिघा जग्गा बिक्री गरेर रकम फिर्ता गर्ने प्रयास गरिरहेको दाबी गरेको छ । तर जग्गा हाललाई काशीराज थापाको नाममा पास गरिएको र प्लटिङ गरेर व्यक्तिगत लाभ लिन खोजिएको आरोप समितिमाथि पनि लागेको छ । समितिका नेतृत्व पौडेलले भने आफूले पीडितको हितका लागि मात्रै काम गरिरहेको र बदनाम गर्न राजनीतिक पूर्वाग्रहले षड्यन्त्र गरिएको दाबी गरेका छन् ।

स्थानीय सरकार र न्यायिक समिति भने यो घटनामा प्रभावकारी देखिएको छैन । कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले घटनाबारे पूर्ण जानकारी नभएको दाबी गर्दै पीडितहरूले आफैंले समिति बनाएर अघि बढेकाले पालिकाले हाल अवस्था बुझिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...