News Portal

दाङमा अटो दुर्घटना, चार जना घाइते

२१२ पटक

दाङ, साउन १४ – दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन्। कौवाघारीबाट गोल्टाकुरी जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल नालामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका २३ वर्षीय अटो चालक धनबहादुर महतरा, दंगीशरण गाउँपालिका–२ की १६ वर्षीया संजिता चौधरी, १३ वर्षीया सदीक्षा बुढामगर र १४ वर्षीया योनिका विक घाइते भएका छन्। तीनै किशोरी र चालक गम्भीर घाइते रहेको प्रहरीको प्रारम्भिक जानकारी छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनापछि प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैयालाल चौधरीको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...