News Portal

दाङमा अटो दुर्घटना, चार जना घाइते

२६८ पटक

दाङ, साउन १४ – दंगीशरण गाउँपालिका–२ मधपुरमा बुधबार बिहान भएको अटो दुर्घटनामा चार जना घाइते भएका छन्। कौवाघारीबाट गोल्टाकुरी जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल नालामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका २३ वर्षीय अटो चालक धनबहादुर महतरा, दंगीशरण गाउँपालिका–२ की १६ वर्षीया संजिता चौधरी, १३ वर्षीया सदीक्षा बुढामगर र १४ वर्षीया योनिका विक घाइते भएका छन्। तीनै किशोरी र चालक गम्भीर घाइते रहेको प्रहरीको प्रारम्भिक जानकारी छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनापछि प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी सहायक निरीक्षक कनैयालाल चौधरीको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...