News Portal

बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

३१३ पटक

पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको १५ सदस्यीय परिवारलाई प्रहरीले माथिल्लो गगनगौंडा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, हायू परिवार मजदुरी गर्न पोखरा आएको खुलेको छ। उनीहरू गगनगौंडाका स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

“हामी काम खोज्न आएका हौं,” भन्ने भनाइ दिएका ती परिवारका सदस्यहरुले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको जानकारी दिएका छन्। सुरुमा उनीहरू पोखराको एउटा होटलमा एक रात बसेर, त्यसपछि स्थानीयको घरमा सरेका थिए। १४ देखि १५ दिन पोखरामा बस्ने योजना रहेको प्रारम्भिक सोधपुछबाट खुलेको छ।

यसअघि गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो। तर, अनुसन्धानमा सुझाता हायू काठमाडौंमै श्रीमान्सँग बस्दै आएकी थिइन्, जसका कारण उनी सूचीबाट हटाइएकी हुन्।

प्रहरीले फेला पारेका हायू परिवारका १५ सदस्य यस्ता छन्:

१. उर्मिला हायू, ५२ वर्ष

२. कमला हायू, २७ वर्ष

३. कोमल माया हायू, २३ वर्ष

४. उषा हायू, १९ वर्ष

५. अस्मिता हायू, १८ वर्ष

६. राजु हायू, २९ वर्ष

७. हिमाल हायू, २४ वर्ष

८. लालबहादुर हायू, १६ वर्ष

९. वेगबहादुर हायू, १४ वर्ष

१०. लक्ष्मण हायू, ११ वर्ष

११. सुवर्ण हायू, १२ वर्ष

१२. ओम कुमारी हायू, १० वर्ष

१३. अर्जुन हायू

१४. रियासा हायू

१५. शान्ता हायू, १५ वर्ष

हाल उनीहरू सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ, र उनीहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...