News Portal

बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

४६७ पटक

पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको १५ सदस्यीय परिवारलाई प्रहरीले माथिल्लो गगनगौंडा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, हायू परिवार मजदुरी गर्न पोखरा आएको खुलेको छ। उनीहरू गगनगौंडाका स्थानीयवासी सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

“हामी काम खोज्न आएका हौं,” भन्ने भनाइ दिएका ती परिवारका सदस्यहरुले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको जानकारी दिएका छन्। सुरुमा उनीहरू पोखराको एउटा होटलमा एक रात बसेर, त्यसपछि स्थानीयको घरमा सरेका थिए। १४ देखि १५ दिन पोखरामा बस्ने योजना रहेको प्रारम्भिक सोधपुछबाट खुलेको छ।

यसअघि गाउँपालिकाले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो। तर, अनुसन्धानमा सुझाता हायू काठमाडौंमै श्रीमान्सँग बस्दै आएकी थिइन्, जसका कारण उनी सूचीबाट हटाइएकी हुन्।

प्रहरीले फेला पारेका हायू परिवारका १५ सदस्य यस्ता छन्:

१. उर्मिला हायू, ५२ वर्ष

२. कमला हायू, २७ वर्ष

३. कोमल माया हायू, २३ वर्ष

४. उषा हायू, १९ वर्ष

५. अस्मिता हायू, १८ वर्ष

६. राजु हायू, २९ वर्ष

७. हिमाल हायू, २४ वर्ष

८. लालबहादुर हायू, १६ वर्ष

९. वेगबहादुर हायू, १४ वर्ष

१०. लक्ष्मण हायू, ११ वर्ष

११. सुवर्ण हायू, १२ वर्ष

१२. ओम कुमारी हायू, १० वर्ष

१३. अर्जुन हायू

१४. रियासा हायू

१५. शान्ता हायू, १५ वर्ष

हाल उनीहरू सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ, र उनीहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...