News Portal

८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

३६२ पटक

काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले बेपत्ता भएका छन्। हराएका परिवार उर्मिला माझीको हुन्, जसका घरबाट तीन दिनदेखि कुनै गतिविधि देखिएको छैन। घटनाबारे सोमबार जानकारी पाएका वडाध्यक्ष रविन श्रेष्ठ प्रहरीसहित घटनास्थलमा पुगेका थिए।

वडाध्यक्ष श्रेष्ठका अनुसार, उर्मिला माझीको परिवारले चार दिनअघि मात्रै एकैपटक १८ जनाको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको थियो। प्रतिव्यक्ति वार्षिक ४८ हजारका दरले झण्डै ८ लाख रुपैयाँ जति रकम लिएको अनुमान गरिएको छ।

तर भत्तापछि उनीहरू कहाँ गएका हुन् भन्ने अझै स्पष्ट छैन। “कतै उनीहरूले केही योजना बनाएर हिँडेका हुन् कि, अथवा कुनै विपत्तिको सिकार भएका हुन्— अहिले नै ठोकुवा गर्न सकिने अवस्था छैन,” वडाध्यक्ष श्रेष्ठले नेपाल प्रेससँग बताए।

उनले भने, “घरभन्दा पारीको गोठमा बाँधिएको पाडोलाई तीन दिनदेखि घाँस पानी दिइएको थिएन। छिमेकी दाजुले शंका लागेर हेर्दा घर सुनसान भेटिएको हो। गाइबस्तु, कुखुरा कराइरहेका थिए, बाख्रा पनि भोकले छटपटाइरहेका थिए।”

वडाध्यक्षले बताएअनुसार हराएको परिवारले भत्ता बुझेको दिन नै घरमै पालेको सुँगुर काटेका थिए। त्यो सुँगुरको मासु करिब २ धार्नी बराबर अँगेनाकै छेउमा अझै फालिएको अवस्थामा भेटिएको छ। साथै तीन दिनअघि मात्र परिवारले एक बोको पनि बिक्री गरेको थाहा भएको छ।

घरमा थोरै आगो लागेको पनि देखिएको छ, जसले घटनालाई झनै रहस्यमय बनाएको छ। उर्मिलाको श्रीमान् गत वर्ष बितेका थिए भने जेठो छोरा हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए।

वडाध्यक्ष श्रेष्ठले भने, “यो गाउँको घर मुख्य बाटोबाट टाढा भएकोले कोही कसैले चाँडै थाहा पाएन। अहिलेको अवस्थाबाट यो परिवार तीन दिनअघिदेखि नै हराएको हुन सक्छ।”

यस प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। परिवार सम्पर्कविहीन हुनु र घरको अवस्था रहस्यमय हुनुले गाउँमा त्रास फैलिएको छ। यतिबेला १६ जना सदस्यहरू—उर्मिला माझी, उनका छोरा, बुहारी, छोरी, नातिनातिना लगायत सबैको खोजी तीव्र गतिमा भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...