News Portal

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

३६९ पटक

सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगमा बेपत्ता भएका छन्।

स्थानीय वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका सबै सदस्य आइतबार रातिदेखि सम्पर्कविहीन छन्। उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए, त्यसपछि परिवारका सदस्यहरू कतै देखिएको छैन।

बेपत्ता भएको परिवारको घरमा आंशिक रूपमा आगलागी भएको र जनावरहरू बाँधिएको अवस्थामा अलपत्र भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। “घरको छानो छियाछिया भएको छैन, तर भित्र आगोको असर देखिन्छ। मान्छेहरू नभएपछि जनावरहरू छाडा छन्,” उनले भने।

उक्त परिवार सीमान्तकृत चेपाङ समुदायको भएको बताइएको छ। हाल खोजी कार्यलाई स्थानीय वडाअध्यक्ष, प्रहरी र गाउँका युवा मिलेर तीव्र बनाइएको छ।

घटनाले गाउँमा गहिरो चासो र त्रास फैलिएको छ। परिवारको कुनै सुराकी अझै भेटिएको छैन। स्थानीय बासिन्दाहरू दिनभर जंगलतिर र आसपासका बस्तीहरूमा खोजतलासमा जुटेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...