News Portal

चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

२५० पटक

काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ। धुनिवेशी नगरपालिका–५ कुमाइखोलाको मोडमा पुग्नेबित्तिकै बा २ ज २९९५ नम्बरको उक्त ट्याक्सी सडकबाट झरेर करिब ५ मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्सीमा सवार चालकसहित ६ जना दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंमा बसोबास गर्दै आएका एकै परिवारका मिना खड्का (४१), सागर खड्का (२४), सन्जु खड्का (२१), जस्मिन खड्का (१६) र सात वर्षीया बालिका जेशिका गुरुङ रहेका छन्। साथै, ट्याक्सी चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते भएका छन्।

घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। प्रहरीले दिएको जानकारीअनुसार दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

घटनाको अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले सवारी सावधानी अपनाउन चालकहरूमाझ पुनः अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...