News Portal

चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

१७२ पटक

काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ। धुनिवेशी नगरपालिका–५ कुमाइखोलाको मोडमा पुग्नेबित्तिकै बा २ ज २९९५ नम्बरको उक्त ट्याक्सी सडकबाट झरेर करिब ५ मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्सीमा सवार चालकसहित ६ जना दुर्घटनामा घाइते भएका छन्।

घाइतेमध्ये सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंमा बसोबास गर्दै आएका एकै परिवारका मिना खड्का (४१), सागर खड्का (२४), सन्जु खड्का (२१), जस्मिन खड्का (१६) र सात वर्षीया बालिका जेशिका गुरुङ रहेका छन्। साथै, ट्याक्सी चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते भएका छन्।

घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ। प्रहरीले दिएको जानकारीअनुसार दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ।

घटनाको अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले सवारी सावधानी अपनाउन चालकहरूमाझ पुनः अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...