News Portal

  • जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    १७७ पटक

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। मृतक २३ वर्षीया शोभा मण्डल आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक विवरणअनुसार घटना राति करिब साढे १२ बजेतिर भएको हो।

    धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार शोभाको झुण्डिएको अवस्थाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। परिवारले उनलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर ओछ्यानमा राखेको बताएका छन्। घटनास्थलमा भेटिएको दृश्य र परिवारको भनाइको आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ।

    यता, मृतकका माइतीजनले भने घटनालाई आत्महत्या नभई योजनाबद्ध हत्या भएको ठोकुवा गरेका छन्। उनीहरूले शोभामाथि दाइजोको कारण पटक–पटक मानसिक र शारीरिक यातना दिइएको र अन्ततः त्यसकै कारण उनको ज्यान लिइएको दाबी गरेका छन्।

    शोभाको विवाह पाँच वर्षअघि चन्दन मण्डलसँग भएको थियो। उनीहरूको एक छोरीसमेत छन्। शोभाको माइती महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१४ मा रहेको छ।

    घटनापछि शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। रिपोर्ट नआएसम्म ठोस निष्कर्ष निकाल्न नसकिने प्रहरीको भनाइ छ। तर, माइती पक्षले दोषीलाई कारबाहीको माग गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

    प्रहरीले घटनाबारे गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...