News Portal

अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

५४६ पटक

न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ।

यो प्रतिष्ठित सम्मान उनलाई शुक्रवार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो।

विराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआई), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको सङ्गममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन्।

विश्वका प्रमुख वित्तीय प्रविधि (फिनटेक) कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने क्रस रिभर बैङ्कमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्।

रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए। त्यसपछि उनले क्रस रिभरको क्वान्टिटेटिभ स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन्।

उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित इडी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ फाइनान्समा विद्यावारिधि गर्दै छन्।

एआई १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ।

कार्यक्रम आयोजकहरूले रिजाललाई ‘वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिन सक्ने एक साहसी र बहु-विषयगत नेता’ को रूपमा चित्रण गर्दै उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए।

अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्चले गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...