News Portal

माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

३६८ पटक

काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री लुटपाट गरेको आरोपमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८, जरङ्खुका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्। उनीहरूलाई शनिबार राति १२:३२ बजे घटनास्थल माछापोखरीबाटै नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार साँझ करिब ६:३० बजे ती दुई जनाले महिलाको गलाबाट २ तोला २५ लाल सुनको सिक्री लुटेका थिए। बजार मूल्य अनुसार उक्त सिक्रीको अनुमानित मूल्य ४ लाख ३८ हजार रुपैयाँ बराबर पर्छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खोजी कार्यलाई तीव्रता दिँदै केही घण्टामै उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट लुटिएको सिक्रीसहित दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न रहेका यस्ता समूहहरूलाई नियन्त्रणमा लिन प्रहरीले निगरानी कडा बनाएको जानकारी दिँदै एसपी बोहराले घटनाको थप अनुसन्धान अगाडि बढाइएको बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...