News Portal

चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

३२६ पटक

चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा अस्वीकार गरेका छन्। हालै सार्वजनिक भएको विद्युत आपूर्ति अवरुद्ध सम्बन्धी सूचनामा प्रयोग गरिएका शब्दहरूले जनमानसमा भ्रम फैलिएको भन्दै मन्त्री खड्काले त्यो सूचना लोडसेडिङसम्बन्धी नभएको दाबी गरेका हुन्।

काठमाडौंमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले भने, “सूचनाको लेखाइमा त्रुटि भएको हो। यो लोडसेडिङ होइन। चितवनमा केही दिन बेलुका लाइन मिलाउने काम भइरहेका कारण पानी तान्ने पम्पहरू नचलाइदिन मात्र भनिएको हो।”

उनका अनुसार, पम्पहरूले लोड बढाउने भएकाले बेलुका समयको लाइन व्यवस्थापन सहज बनाउन यस्तो आग्रह गरिएको हो। “सामान्य प्राविधिक कामका लागि गरिएको यो अस्थायी व्यवस्थालाई लोडसेडिङ भन्नु नै गलत हो,” मन्त्रीको भनाइ थियो।

गएको दिन चितवनका केही स्थानमा दैनिक ३–३ घन्टा विद्युत अवरुद्ध हुने सूचना सार्वजनिक भएपछि सर्वसाधारणमा लोडसेडिङ फर्किने हो कि भन्ने आशंका फैलिएको थियो। तर मन्त्रालयले त्यसबारे स्पष्ट पार्दै लोडसेडिङको कुनै योजना नरहेको जनाएको छ।

ऊर्जामन्त्री खड्काले जनतालाई भ्रममा नपर्न र सूचनालाई सत्य सन्दर्भमा बुझ्न आग्रह गरेका छन्। उनका अनुसार, हाल राष्ट्रिय प्रसारण प्रणाली सामान्य छ र विद्युत आपूर्ति नियमित रूपमा भइरहेकाे छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...