News Portal

सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

१५७ पटक

काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै पारित गरिएको आर्थिक ऐनअनुसार, सार्वजनिक स्थलमा धूम्रपान गरेमा प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गरिने व्यवस्था लागू गरिएको छ ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक स्थानमा धूम्रपानबारे नागरिकबाट बारम्बार गुनासाहरू आउने गरेका कारण यो निर्णय लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, निजी सम्पत्तिबाहेक अन्य सबै सार्वजनिक स्थलहरूमा धूम्रपान निषेध गरिएको छ । नियम तोड्नेलाई बिना चेतावनी कारबाही हुने स्पष्ट सन्देश नगरपालिकाले दिएको छ ।

यत्रतत्र पार्किङ गर्नेलाई समेत जरिवाना

सार्वजनिक स्थलहरूमा तोकिएको स्थानबाहेक सवारी साधन पार्किङ गरेमा पनि अब जरिवाना तिर्नुपर्नेछ । मोटरसाइकल तथा स्कुटरलाई एक हजार, कार तथा डेलिभरी भ्यानलाई २५ सय, मिनीबस तथा मिनीट्रकलाई ३५ सय र ठूला बस तथा ट्रकलाई ५ हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

विज्ञापन, पोस्टर, स्टिकर र पर्चाको अनियमित प्रयोगले पनि अब भारी जरिवाना बेहोर्नुपर्ने

महानगरले सार्वजनिक स्थानहरूमा अवैध रूपमा विज्ञापन, पर्चा, पोस्टर, स्टिकर टाँस्ने तथा फोहोर फैलाउने कार्यलाई पनि नियन्त्रणमा ल्याउने स्पष्ट संकेत दिएको छ । प्रचलित कानुनले निषेध गरेका विज्ञापन गरे १० हजार रुपैयाँ जरिवाना लाग्नेछ भने, विना अनुमति सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राखेमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।

त्यस्तै, सार्वजनिक स्थलमा प्रचार सामग्री बाँड्ने, पर्खाल वा खम्बामा लेख्ने तथा पेन्टिङ गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । स्वीकृतिबिना बेलुन, गेट, स्वागत द्वार आदिका माध्यमबाट विज्ञापन गरेमा पनि सोही दरले जरिवाना गरिनेछ ।

रुखबिरुवालाई क्षति पुर्‍याए पनि कारबाही

सार्वजनिक स्थल वा संरक्षित क्षेत्रभित्र रहेका रुखबिरुवालाई क्षति पुर्‍याएमा पाँच सयदेखि पचास हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ । नगरपालिकाले प्राकृतिक सम्पदाको रक्षा र सार्वजनिक अनुशासन कायम राख्न यस्ता कडाइ लागू गर्नुपर्ने बाध्यता आएको स्पष्ट पारेको छ ।

महानगरको यो नयाँ निर्णयसँगै सार्वजनिक स्थानको स्वच्छता र नागरिक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...