News Portal

एनआरएनए कतारको एकता अधिवेशन २५ जुलाईमा हुँदै

४२४ पटक

दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको एकता अधिवेशन तोकिएकै मिति २५ जुलाई शुक्रबार दोहास्थित क्राउन प्लाजा होटलमा दिनको १ बजे उद्घाटन हुने अध्यक्ष रमेश भट्टले हिमालीसंचारलाई जानकारी दिएका छन्।

एनसीसीको आफ्नै वेबसाईटमा आवेदन परेका ५ हजार ४ सय ९३, ४ हजार २ सय ४६ आवेदन  प्रमाणित भएको, १ हजार ५५ आबेदनहरु प्रमाणित हुन बाँकी र १ सय ९२ ड्राफ्टमा रहेको साथै एचएलसी मार्फत बनेका झण्डै ३ हजार ८ सय पञ्जिकृत सदस्यहरु गरि जम्मा ९ हजार २ सय ९३ जना सदस्यको दस्तावेज निर्वाचन समितिको संयोजक नरेन्द्र भाटलाई हस्तान्तरण गरेको हो।

कतारमा रहेका रमेश भट्ट नेतृत्व र तत्कालीन समयमा नेतृत्व गरेका आइसिसि अध्यक्ष विनोद कुँवर नेतृत्वको दुई एनसिसिबीच एकताको अधिवेशन हुन लागेको एकता समितीले जनाएको छ।

दुवै पक्षले केही समय अघि प्रतिबद्धता पत्र सहितको एकता सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। तर, सर्वोच्च अदालतको परमादेशको अवहेलना गर्दै उच्चस्तरीय समितीको निर्वाचनबाट निर्वाचित महेश श्रेष्ठको कार्यसमितिलाई परराष्ट्रले मान्यता दिँदादिँदै पनि सबै कानुनी मान्यतालाई कुल्चिएर आफैं सर्वेसर्वा हुन् खोजेका बद्री केसीले कतारको सिङ्गो नेपाली संघलाई  गुटबन्दी गरेर एक समुहलाई गैरसंवैधानिक बाटोबाट हिंडाएका छन्।

कतारको नेपाली समाजले बद्री पक्षलाई एक हुन आग्रह गर्दागर्दै समाजको आग्रहलाई अस्विकार गरि संस्थालाई राजनीतिकरणको बाटो हिंडाउन खोजेको आरोप उनिहरु माथी लागेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...