News Portal

  • क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    १२४ पटक

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा पक्राउ परेका छन्। उनीहरूले विदेशी रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी बैंक खाता खोल्न लगाएर ठगी धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षीय दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षीय भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो।

    प्रहरी अनुसन्धानमा अनुसार, उनीहरूले वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई आकर्षक आर्थिक प्रस्ताव राखी बैंक खाता खोल्न लगाउने गर्थे। पछि ती खाताहरूलाई क्रिप्टो कारोबार र अन्य साइबर ठगीमा प्रयोग गरिएको खुल्न आएको छ। पक्राउ परेकाहरूको साथबाट ४ लाख २० हजार ५५ रुपैयाँ नगद र २०० भन्दा बढी सीमकार्ड समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, उनीहरूविरुद्ध ‘अभौतिक मुद्राको कारोबार गर्न नहुने’ भन्ने कानूनी प्रावधान अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ।

    प्रहरीले भर्चुअल मुद्राको नाममा भइरहेका यस्ता गतिविधिहरूले राष्ट्रिय वित्तीय प्रणालीमा गम्भीर प्रभाव पार्न सक्ने भएकाले यस्ता कारोबारमाथि निगरानी र नियन्त्रण कार्य अझै कडा बनाउने बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...