News Portal

  • एनआरएनए मलेसियामा एकता अधिवेशन गर्न सहमति, ३० र ३१ अगस्टमा अधिवेशन हुने

    १९१ पटक

    क्वालालम्पुर, साउन ५ — मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन यही २०२५ अगस्ट ३० र ३१ मा सम्पन्न गर्ने सहमति जुटेको छ।

    शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत् भेला’ मा मलेसियास्थित विभिन्न संघ–संस्था, एनआरएनए मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारीहरू तथा अन्य प्रतिनिधिहरूको सहमतिमा अधिवेशनको मिति तय गरिएको हो।

    सहमतिको औपचारिक घोषणा गर्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) का उपाध्यक्ष खगेन्द्र न्यौपानेले अब मलेसियामा देखिएको आन्तरिक विवाद अन्त्य भएको र संस्था एकजुट भएर अघि बढ्न तयार भएको जानकारी दिए।

    उनका अनुसार ३०–३१ अगस्टमा अधिवेशन सम्पन्न गरिनेछ। आगामी २१ जुलाई देखि लागू हुने गरी दुई हप्ताभित्र सदस्यता वितरण तथा नविकरण कार्य पूरा गर्नुपर्ने सहमति छ। यसअन्तर्गत प्रत्येक सदस्यको शुल्क २० रिङ्गेट निर्धारण गरिएको छ।

    भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष न्यौपानेले भने, “संस्था फुट्न दिनु हुन्न। सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्छ। मलेसियाबाट विश्वभर रहेका एनआरएनएलाई सकारात्मक सन्देश जानुपर्छ।”

    उनले केन्द्रमा जेसुकै विवाद भए पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य भएको प्रस्ट्याउँदै थपे, “एनसीसी कुनै एक गुटको होइन, सबैको साझा हो। त्यसैले सबै संघसंस्थाहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ।”

    एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादबाट खोजिनुपर्ने औंल्याउँदै भने, “समस्या आए भन्दैमा तिललाई पहाड बनाउनु हुँदैन। दोषारोपण होइन, समाधानतर्फ लाग्नुपर्छ।”

    संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग, भ्रातृत्व र एकताको संस्कृति रहेको उल्लेख गर्दै एनआरएनए मलेसियामा पनि त्यही भावना प्रतिबिम्बित हुनुपर्ने बताए।

    अध्यक्ष राकेश महतोले विगतका कटु अनुभवलाई भुली संस्थालाई एकताका साथ अघि बढाउनुपर्ने धारणा राख्दै भने, “समाजभन्दा बाहिर कोही जान सक्दैन, त्यसैले हामी सबै सहमतिमा आएका छौं।”

    संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले अघिल्लो अधिवेशन पालैपालो नेतृत्व दिने सहमति अनुसार सम्पन्न गर्न खोजिए पनि कार्यान्वयनको कमजोरीका कारण समस्या उत्पन्न भएको बताए। उनले भने, “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लाग्नुपर्छ।”

    मलेसियाका लागि नेपालका पर्यटन दूत एवं रास्वपा मलेसियाका संयोजक नेत्र केसीले पनि एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताको सहमतिलाई स्वागत गर्दै अझ दृढताका साथ अघि बढ्न आह्वान गरे।क

    नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बन्दै आएको बताए। तर अहिले एकता र मिलनको बाटो समातिएकोमा आफू सन्तुष्ट रहेको उनले जनाए।

    नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको उल्लेख गर्दै एनआरएनए मलेसियाको गरिमा जोगाइराख्न सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    त्यस्तै, एनआरएन मलेसियाका युवा संयोजक राजु लामा, राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि मोहन घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, व्यवसायी विजय मण्डल, एनआरएनए मलेसियाका उपाध्यक्ष दिलकुमार केरुङ, नेकपा एमाले मलेसियाका निवर्तमान अध्यक्ष शेरबहादुर गुरुङ लगायत वक्ताहरूले साझा मञ्चबाट एकतामा आधारित एनआरएनए मलेसिया निर्माणका लागि आह्वान गरेका थिए।

    आइतबार सम्पन्न सहमतिअनुसार राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गरिने र उक्त अधिवेशन भव्यरूपमा सम्पन्न गर्न जिम्मेवारी दिइएको छ। सहमति-पत्रमा मलेसियामा रहेका सबै संस्थाहरूले हस्ताक्षर गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...