News Portal

जनकपुरको होटलमा हत्या : विवाहेत्तर सम्बन्ध र पैसाको लेनदेन विवाद मुख्य कारण, युवती पक्राउ

३०२ पटक

जनकपुरधाम, साउन ५ – महोत्तरीका एक युवाको जनकपुरस्थित होटलमा भएको रहस्यमय हत्या पछाडि विवाहबाहिरको सम्बन्ध र ठूलो रकमको लेनदेनसँग जोडिएको विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृतक २८ वर्षीय विमलेश यादव (शनी), महोत्तरी गाउँपालिका–१ पर्साका बासिन्दा हुन्। शनिबार राति जनकपुरको एसपी एण्ड गेष्टहाउस होटलमा उनी एक युवतीसँग पुगेका थिए। राति करिब ९:५५ बजे होटलमा प्रवेश गरेका उनी केही घण्टापछि आइतबार बिहान २:५७ बजे नग्न अवस्थामा रगताम्य अवस्थामा पहिलो तलाबाट खसेका थिए।

सिसीटिभी फुटेजका आधारमा घटना गम्भीर र योजनाबद्ध देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। विमलेश खसेको पाँच मिनेटपछि ती युवती पनि तल झरेर युवकको नजिकबाट भाग्दै गएको देखिन्छ। त्यसपछि पुगेको प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका विमलेशको बयान लिएको थियो। उनले आफैं हिँडेर एम्बुलेन्स चढेका थिए।

तर उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनको मृत्यु भयो।

प्रहरीले संलग्न आशंकामा महोत्तरीकै बलवा नगरपालिकाकी करिब २४ वर्षीया जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जनाएका छन्।

प्रहरी स्रोतका अनुसार जुलीसँगको सम्बन्ध करिब ३ वर्ष पुरानो हो। मृतक विवाहित थिए र उनका दुई सन्तान छन्। सम्बन्धबारे दुबै परिवारलाई थाहा थियो।

दुई वर्षअघि उनीहरूबीचको कुराकानीको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। त्यसपछि मोबाइल नम्बर परिवर्तन गरेर सम्पर्कविहीन रहने सहमति पनि भएको थियो। तर विदेश गएका विमलेशले युवतीसँग निरन्तर सम्पर्क राखिरहे। विदेशबाट पठाएको करिब २७ लाख रुपैयाँको भौचर पनि उनीहरूको सम्बन्धको गवाही बन्न पुगेको छ।

परिवारका अनुसार, युवतीले छुट्टिने इच्छा व्यक्त गरेपछि विमलेशले खर्चिएको पैसा फिर्ता मागेका थिए। यही विषयले दुबैको सम्बन्ध तनावमा पुगेको थियो।

प्रहरीले युवतीबाट घटनाको दिन र त्यसअघि भएका कुराकानी तथा गतिविधिहरूको विवरण संकलन गरिरहेको छ। साथै घटनास्थलको सिसीटिभी फुटेजमा १७ सेकेण्ड बन्द भएको परिवारको दाबीलाई लिएर अनुसन्धानको दायरा अझै फराकिलो बनाइएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...