News Portal

मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

२३३ पटक

चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको सवारीसाधनमाथि खस्दा भारतका तीन नागरिक घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका–५ मा अवस्थित तुइन खोला नजिक करिब २:२५ बजेको समयमा युपी ८० जीपी २९२८ नम्बरको भारतीय नम्बरप्लेट भएको कार सवार भारतीय नागरिकहरू सो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ। त्यस्तै ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात तथा खुट्टामा चोट लागेको छ। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...