News Portal

दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, चारपांग्रे सवारी चल्न नसक्ने

१५४ पटक

दोलखा, साउन ४ – अविरल वर्षासँगै आएको पहिरो र खहरे खोलाको बाढीका कारण दोलखाका दुई महत्वपूर्ण सडक खण्ड सिंगटी–लामाबगर र लापिलाङ मार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरू ठूलो कठिनाइमा परेका छन्।

बिगु गाउँपालिका–१ स्थित सोल्टीमोडमा ठूलो पहिरो खस्दा सिंगटी–लामाबगर सडक खण्ड पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो। पहिरो हटाउने प्रयास तीव्र रूपमा अगाडि बढिरहेको भए पनि तत्काल सडक सुचारु हुने सम्भावना न्यून रहेको जनाइएको छ।

यसैगरी कालिन्चोक गाउँपालिका–६ स्थित लापिलाङतर्फ जाने सडक पनि गोदुङ भन्ने स्थानमा खहरे खोलाको पानी राति अचानक एकैचोटि बग्दा क्षतिग्रस्त भएको छ। खोलाको बाढीले सडकको सतहमा माटो, लेदो र ढुंगा थुपारिएको छ भने कतिपय भागमा सडकको ढलान समेत भत्किएको जानकारी प्रहरी स्रोतले दिएको छ।

स्थिति गम्भीर रहेकाले हालका लागि चारपांग्रे सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। स्थानीय प्रशासन र प्रहरीको टोलीले अवस्था सम्हाल्न आवश्यक उपकरणसहित उद्धार तथा मर्मत कार्य सुरु गरिसकेको छ। यता, नागरिकलाई यात्रा गर्नुअघि सूचना लिएर मात्र गन्तव्यतर्फ जान अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...