News Portal

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

२९८ पटक

युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ निवासी दुवै मृगौला फेल भएकी डोल्मु तामाङको स्वास्थ्य उपचारका लागि १ लाख १ हजार ४७२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

मृत्युसँग संघर्ष गरिरहेकी डोल्मु तामाङको जीवन बचाउन समाजसेवी आङ दोर्जे शेर्पाको अगुवाइमा सुरु गरिएको सहयोग अभियानमा साथ दिँदै नेपाल तामाङ घेदुङ कुवेतले उक्त सहयोग गरेको हो।

यो सहयोग रकम नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक तथा केन्द्रीय सदस्य राजेन्द्र तामाङ बोम्जनको पहलमा संकलन गरिएको थियो।

सहयोग हस्तान्तरणका क्रममा समाजसेवी आङ दोर्जे शेर्पा र राजेन्द्र तामाङ बोम्जनले सहयोगी मनहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...