
आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आत्मविश्वासले भरिएको छ, तर अनावश्यक अहंकार वा आवेगले पारिवारिक तथा सामाजिक सम्बन्धमा समस्या निम्त्याउन सक्छ। प्रेम जीवनमा निष्कपटताको अभाव देखिन सक्छ—साथीको अपेक्षाभन्दा बाहिर जान खोज्दा दूरी बढ्न सक्छ। विवाहितहरूका लागि ससाना गलतफहमीले तनाव बढाउन सक्छ, तर संवादमा स्पष्टता ल्याउन सकेमा सम्बन्ध सुदृढ हुन्छ। पारिवारिक सम्बन्धमा आज केही नरम-गरम स्थिति रहन सक्छ। अभिभावक वा जेठा सदस्यसँग धैर्यपूर्वक व्यवहार गर्नु बुद्धिमत्ताको संकेत हुनेछ। घरमा केही खर्चिलो वा आकस्मिक घटनाहरूले दिनलाई व्यस्त तुल्याउनेछन्। आर्थिक पक्षमा भने स्थायित्व देखिन्छ, तर पुराना ऋण वा हिसाब-किताबका विषयले मन अलमलमा पार्न सक्छ। लगानीको योजना भएमा अनुभवी सल्लाहकारको सुझाव लिएर मात्र निर्णय गर्नु श्रेयस्कर हुनेछ। करियर र कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ, तर तपाईंसँग भएका अनुभव र दक्षताले त्यसलाई सहज पार्न सक्नेछ। नयाँ जिम्मेवारी वा अफिसमा केही प्रकारको जिम्मा बढ्न सक्छ, जुन दीर्घकालीन रूपमा फाइदाजनक बन्न सक्छ। विद्यार्थीहरूको लागि परीक्षामा मन लाग्नेछ, तर ध्यान एकाग्र गर्न संघर्ष गर्नु पर्नेछ। स्वास्थ्यतर्फ ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ। तनावले शारीरिक र मानसिक दुवै रूपमा असर गर्न सक्छ, विशेष गरी टाउको दुख्ने, निद्रा नलाग्ने, वा रुघाखोकीले सताउने सम्भावना छ। यात्रा गर्नु परे सावधानीसाथ गर्नु राम्रो—वातावरणीय असर वा सवारीसम्बन्धी समस्याबाट जोगिनुपर्छ। (शुभ रङ: बैजनी, शुभ अंक: ५)
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज तपाईंको दिन व्यस्त र उपलब्धिपूर्ण रहनेछ। विशेष गरी आर्थिक पक्षमा शुभ समाचार पाउने सम्भावना छ। व्यवसायमा नयाँ योजना कार्यान्वयन हुने समय आएको छ, जसले भविष्यमा ठोस लाभ दिन सक्छ। विदेशसँग सम्बन्धित काममा सफलता मिल्नेछ। प्रेम जीवनमा भने धैर्य र समझदारीको खाँचो पर्न सक्छ। सानो कुराले मन दुख्न सक्छ वा एकअर्काको कुरालाई गलत अर्थमा लिइने सम्भावना रहेको छ। प्रेम प्रस्ताव राख्ने समय होइन, अहिले सम्बन्धलाई पुनः समीक्षा गर्ने समय हो। पारिवारिक जीवन सुखद देखिन्छ, विशेष गरेर घरभित्रको सहकार्यमा वृद्धि हुनेछ। सम्पत्ति सम्बन्धी पुरानो विवाद समाधान हुने संकेत छ। घरमा पाहुना आउन सक्छन्, जसले रमाइलो वातावरण सिर्जना गर्नेछ। करियरका दृष्टिले आजको दिन काममा गहिरो ध्यान दिनुपर्नेछ। सहकर्मी वा सीनियरसँग तालमेल राख्नु अनिवार्य हुनेछ। आफ्नो बोलाइ वा व्यवहारमा संयमता नअपनाए कार्यक्षेत्रमा आलोचना सहनु पर्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर टनसिल, घाँटी वा पेटसम्बन्धी समस्या देखिन सक्छ। शारीरिक श्रम बढी गर्नुपर्ने दिन भएकाले आराम पनि गर्न बिर्सनु हुँदैन। विद्यार्थीहरूको लागि अध्ययनमा ध्यान केन्द्रित हुनेछ। पढाइको विषयमा नयाँ जोश आउनेछ। विदेश जाने वा लामो दूरीको यात्रा गर्न चाहनुहुन्छ भने आज योजना बनाउनु राम्रो, तर तत्काल प्रस्थान नगर्नु नै उपयुक्त देखिन्छ। (शुभ रङ: काठे खैरो, शुभ अंक: १)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि भएका व्यक्तिहरूको लागि आजको दिन विचार, विवेक र स्पष्टताले भरिएको छ। यद्यपि तपाईंको दोधार स्वभावले कतिपय निर्णयमा ढिलाइ गराउन सक्छ। आज मनमा आएका योजनाहरू कार्यान्वयन गर्न नहिचकिचाउनुहोस्, समयले साथ दिनेछ। प्रेम जीवनमा आज नयाँ मोड आउने सम्भावना छ। पुरानो सम्बन्धमा यदि केही अस्पष्टता थियो भने त्यसको निकास आज खोजिनेछ। एकअर्कालाई बुझ्न गम्भीर संवाद आवश्यक छ। नयाँ सम्बन्ध सुरु गर्नेहरूका लागि समय राम्रो छ, तर सबैकुरा स्पष्टता र आत्मीयतामा आधारित हुनुपर्छ। पारिवारिक वातावरणमा मिश्रित स्थिति देखिन्छ। घरका सदस्यहरूबीच जिम्मेवारी बाँडफाँड, कुनै निर्णय वा कार्यक्रमबारे विचार बाझिन सक्छ। तपाईंको भूमिका सन्तुलनकारी र संयमित हुने हो भने समस्या चाँडै समाधान हुनेछ। आर्थिक पक्ष सन्तुलित रहन्छ, तर खर्चलाई नियन्त्रण नगरे तनाव बढ्न सक्छ। कुनै नयाँ उपकरण वा प्राविधिक वस्तुमा लगानी गर्ने योजना बनिरहेको छ भने सोच-विचार गरेर अगाडि बढ्नुहोस्। करियरमा ध्यान केन्द्रित राख्नु पर्ने दिन हो। आज तपाईंको प्रतिभा चिनिने दिन बन्न सक्छ, विशेषतः नेतृत्व क्षमता देखाउन सकिने अवसर आउन सक्छ। अफिसमा गरेको कडा मेहनतको प्रतिफल चाँडै देखिन थाल्नेछ। स्वास्थ्य सामान्य देखिए पनि मानसिक थकानले असर गर्न सक्छ। ध्यान, योग वा शान्त संगीत सुनेर मन हलुका पार्नु राम्रो हुन्छ। विद्यार्थीहरूका लागि समय सकारात्मक छ—पढाइमा ध्यान केन्द्रित हुनेछ र नयाँ विषयप्रति रुचि जाग्नेछ। आजको दिन यात्राको योजना बनाउन सकिन्छ, तर सवारीसाधनप्रति सावधानी अपनाउनु उपयुक्त हुनेछ। (शुभ रङ: सुन्तला, शुभ अंक: ७)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंको मन भावुकताले भरिएको देखिन्छ। विगतका स्मृतिहरूले मन अल्झाउन सक्छन्, तर त्यही अनुभूतिको शक्ति आज तपाईंलाई जीवनका नयाँ कोणहरू बुझ्न सहयोग पुर्याउनेछ। मानिसहरूलाई सुन्ने र बुझ्ने क्षमताको कदर हुनेछ। प्रेम सम्बन्धमा गहिरो भावनात्मक संवाद आवश्यक हुनेछ। पुराना घाउ कोट्याउने हो भने टाढिएको सम्बन्ध झन् चिसिन सक्छ। कुनै बेला अल्झिएको कुरालाई मिलाउने अवसर प्राप्त हुनेछ। साँचो माफी माग्ने वा दिने उपयुक्त समय हो। पारिवारिक जीवनमा भने आपसी सद्भाव कायम रहनेछ। विशेषतः अभिभावक वा सन्तानसँग सम्बन्ध सुदृढ हुनेछ। घरमा धार्मिक वा आध्यात्मिक चर्चा हुन सक्छ। आर्थिक पक्षमा स्थायित्व देखिए पनि अनपेक्षित खर्च बढ्ने सम्भावना छ। घरसम्बन्धी सामग्रीमा खर्च बढ्न सक्छ। नयाँ लगानीको सोच बनिरहेको छ भने समय अलिक कुर्नु राम्रो हुनेछ। कामकाजको सिलसिलामा धैर्य गुमाउनु हुँदैन। कतिपय कुरा ढिलो भए पनि तपाईंको परिश्रमको कदर हुनेछ। आज लिएको प्रयासको प्रतिफल केही समयपछि फस्टाउनेछ। स्वास्थ्य पक्षमा चिसो वा रुघाखोकीले सताउन सक्छ। मानसिक थकान र निद्रा अभावले शरीर कमजोर बनाउन सक्छ, समयमै विश्राम लिनु उपयुक्त हुन्छ। विद्यार्थीहरूका लागि पढाइमा ध्यान दिन सकिने समय हो। तर भावनात्मक विचलनले ध्यान हटाउन सक्नेछ । यात्राको विचार भए पनि आज नगरे राम्रो, कुनै योजना बनाउनेसम्म सीमित राख्दा फाइदा हुनेछ। (शुभ रङ: गुलाबी, शुभ अंक: ३)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तपाईंलाई आत्मविश्वास, जोश र निर्णय क्षमताले उर्जा दिनेछ। नेतृत्वदायी भूमिका ग्रहण गर्न उपयुक्त समय हो। सामाजिक र सार्वजनिक क्षेत्रमा तपाईंको छवि बलियो बन्नेछ। प्रेम जीवनमा आज नयाँ अध्याय सुरु हुन सक्छ। खासगरी एकअर्कालाई सम्मान गर्ने भावनाले सम्बन्ध बलियो बनाउनेछ। विवाहितहरूको बीचमा पनि समझदारी बढ्नेछ, गहिरो भावना साटासाट हुनेछ। पारिवारिक पक्षमा तपाईंको रायलाई मान्यता दिइनेछ। घरमा केही महत्वपूर्ण निर्णयहरू तपाईंको सुझावमा आधारित हुनेछन्। अभिभावक वा गुरुजस्तो व्यक्तिबाट प्रेरणा मिल्नेछ। आर्थिक पक्षमा उल्लेखनीय सुधार देखिनेछ। नयाँ आम्दानीको श्रोत खुल्नेछ वा पुरानो फसेको रकम फिर्ता आउने सम्भावना छ। वैदेशिक कारोबार वा डिजिटल प्लेटफर्मबाट लाभ पाउने सम्भावना छ। कामकाजमा सशक्त उपस्थिति देखाउनुहुनेछ। नेतृत्व क्षमता, बोल्ने शैली र निर्णायक सोचले कार्यक्षेत्रमा सबैको ध्यान तान्नेछ। आज कुनै सार्वजनिक प्रस्तुति वा रिपोर्टिङ भएमा प्रशंसा प्राप्त हुनेछ। स्वास्थ्य सामान्य देखिन्छ, तर थकाइ वा रक्तचापको समस्या सताउन सक्छ। खानपान सन्तुलित राख्नुपर्छ, अत्यधिक चिनी वा नुनयुक्त पदार्थबाट बच्नु उपयुक्त हुन्छ। विद्यार्थीहरूका लागि आज प्रतिस्पर्धामा उत्रने समय हो—परीक्षा, प्रतियोगिता वा प्रस्तुतिमा सफलता पाउन सकिनेछ। यात्राको योजना भएमा आजको दिन अनुकूल छ, विशेषतः व्यापारिक वा सार्वजनिक कार्यक्रममा सहभागी हुने खालको। (शुभ रङ: आकाशे निलो, शुभ अंक: ६)
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही चनौतिपूर्ण रहन सक्छ। मानसिक चपेटामा परिएला जस्तो लागे पनि, यो तपाईंका लागि आत्ममूल्यांकन र सशक्त निर्णयको दिन बन्न सक्छ। प्रेम सम्बन्धमा असमझदारी बढ्न सक्छ। सानो कुराले टकराव निम्त्याउनेछ, तर दुवैपक्षबाट पहल भएमा समाधान सम्भव छ। लामो समयदेखि चलिरहेको टाढोपन वा अविश्वासलाई अब टुङ्ग्याउने समय आएको छ। पारिवारिक वातावरण केही अप्ठ्यारो बन्न सक्छ। अभिभावक वा जेठाजु/सासु-सरहका व्यक्तिसँग विचार नमिल्न सक्छ। घरमा नयाँ नियम वा परिवर्तनको प्रस्तावले बहस निम्त्याउन सक्छ। आर्थिक पक्ष अस्थिर देखिन्छ। पुराना खर्चका दबाब, नयाँ आवश्यकताहरू र आम्दानीको सीमितता बीच सन्तुलन राख्न गाह्रो हुन सक्छ। अनावश्यक शोख वा विलासिताबाट जोगिनु उत्तम हुनेछ। पेशागत रूपमा आफ्नो क्षमताको पूर्ण उपयोग गर्न नसकिने अवस्था देखिन्छ। सहकर्मी वा माथिल्लो तहबाट अपेक्षा अनुसार सहयोग नपाइन सक्छ। आज भनेकोभन्दा बढी सुन्नुपर्ने परिस्थिति बन्न सक्छ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या, अपच वा टाउको दुख्ने सम्भावना छ। टक्सिन पदार्थ सेवन नगर्नुहोस्, तातोपानी वा घरेलु जडीबुटीबाट लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि आज ध्यान केन्द्रित गर्न संघर्ष हुने दिन हो। यात्राको विषयमा बाधा आउन सक्छ, त्यसमाथि अलमल वा ढिलाइ सम्भव छ—आज नजानु नै उपयुक्त। (शुभ रङ: कालो, शुभ अंक: ९)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाईंको दैनिकी व्यवस्थित र व्यवहारीक बन्नेछ। मनमा छाएका कुरा लिपिबद्ध गर्ने वा सृजनात्मक कार्यमा लाग्ने दिन हो। सामजिक रूपमा पनि तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित पार्नेछ। प्रेम जीवनमा नयाँ सम्भावनाहरू देखा पर्नेछन्। मनले चाहेको व्यक्तिसँग नजिकिने मौका आउन सक्छ। विवाहको सोच बनिरहेको छ भने अब समय तयारीको हो। पारिवारिक वातावरण शान्त र समझदारीपूर्ण रहनेछ। सन्तान वा भाइबहिनीसँग आत्मीयता बढ्नेछ। घरको साजसज्जा वा सरसफाइमा रुचि बढ्नेछ। आर्थिक पक्षमा सुधार आउनेछ। विशेषतः साना स्वरोजगार, घरमै बसेर गरिने काम वा अनलाइनमार्फत आम्दानीमा वृद्धि हुने सम्भावना छ। बैंकिङ कारोबारमा सहजता हुनेछ। कामकाजमा आज सौन्दर्य र सौम्यताको भूमिका महत्वपूर्ण हुनेछ। डिजाइन, परामर्श, सेवा र मिडिया क्षेत्रका व्यक्तिहरूले प्रशंसा प्राप्त गर्नेछन्। योजना बनाउने दिन हो, कार्यान्वयन अझै केही दिन कुर्नु उपयुक्त। स्वास्थ्यमा छालासम्बन्धी समस्या, एलर्जी वा डन्डिफोर देखिन सक्छ। पानी पर्याप्त पिउनुहोस्, अनुहार सफा राख्न ध्यान दिनुहोस्। विद्यार्थीहरूका लागि आज रचनात्मक विषयमा राम्रो नतिजा आउन सक्छ। छोटो दूरीको यात्रा आजको दिन लाभदायक हुनेछ, विशेष गरी कला वा व्यापारसँग सम्बन्धित भएमा। (शुभ रङ: हरियो, शुभ अंक: २)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंको अन्तर्ज्ञान बलियो हुनेछ। कुनै कुरा निर्णय गर्नु अगाडि मनले संकेत दिनेछ—त्यसैले आफूलाई विश्वास गर्नुहोस्। गोप्य योजना बनाउने वा व्यक्तिगत विषयमा ध्यान दिने दिन हो। प्रेम जीवनमा असहजता हुनसक्छ। विशेष गरेर शंका, पूर्वाग्रह वा असत्य जानकारीले सम्बन्धलाई बिगार्न सक्छ। खुल्ला संवाद नै समस्याको समाधान हो। पारिवारिक सम्बन्धमा गम्भीर विषयको चर्चा हुन सक्छ। घरको पुरानो समस्या समाधानतर्फ जान सक्छ, तर त्यसका लागि आज सबैकुरा प्रष्ट राख्नु आवश्यक हुनेछ। आर्थिक पक्षमा अलिक दबाब महसुस हुनेछ। ठूलो खर्च वा फिर्ता नआएको पैसा तनावको विषय बन्न सक्छ। आज केही रकम अचानक आवश्यक पर्न सक्छ। कामकाजमा परिश्रम अनुसारको नतिजा अझै नआउने संकेत देखिन्छ। पदीय जिम्मेवारी बढ्ने सम्भावना छ, तर प्रशंसा भन्दा बढी आलोचना सहनुपर्ने अवस्था बन्न सक्छ। स्वास्थ्यमा पुराना रोग बल्झिन सक्छन्। विशेष गरेर रक्तचाप, मुटु वा कलेजोसँग सम्बन्धित लक्षण देखिएमा तुरुन्त जाँच गराउनु उपयुक्त। विद्यार्थीहरूका लागि आज मन थाम्न गाह्रो हुनेछ, तर लेखन वा अनुसन्धानमा राम्रो सफलता मिल्नेछ। यात्रा गर्न चाहनुहुन्छ भने योजना बनाउनुहोस्, तर अनावश्यक गन्तव्यतर्फ नजाँदा राम्रो हुनेछ। (शुभ रङ: सेतो, शुभ अंक: ०)
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज तपाईंको लागि दिन कर्मप्रधान र सक्रियताले भरिएको देखिन्छ। आत्मबल उच्च रहनेछ र हरेक कुरामा आफैं जिम्मेवारीपूर्वक जुट्ने समय आएको छ। बौद्धिक स्तरमा निर्णय क्षमतामा प्रखरता देखिनेछ। प्रेम जीवनमा आज मिठास थपिने सम्भावना छ। लुकेको भाव व्यक्त गर्न सकिनेछ। विगतमा टुटेको सम्बन्धलाई फेरि जोड्ने अवसर आउन सक्छ। वैवाहिक जीवनमा आपसी समझदारी र प्रेम गहिरो हुनेछ। पारिवारिक वातावरणमा सामंजस्यपूर्ण स्थिति देखिन्छ। आन्तरिक कुरामा सहमति जुटाउने प्रयास सफल हुनेछ। सन्तानको विषयमा केही महत्वपूर्ण निर्णय लिनुपर्ने देखिन्छ, जुन तपाईंको मार्गनिर्देशनमा सहज बन्न सक्छ। आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। कुनै फसेको रकम फिर्ता हुने वा नयाँ आम्दानीको स्रोत खुल्नेछ। आज व्यापारमा जोखिम मोले पनि लाभ मिल्ने संकेत छन्, यद्यपि सावधानीपूर्वक निर्णय गर्नुपर्ने दिन हो। कामकाजमा सफलता पाउने दिन हो। तपाईंको नेतृत्व क्षमताको कदर हुनेछ, विशेषतः शिक्षा, प्रशासन, अनुसन्धान वा विदेशसम्बन्धी काममा संलग्न व्यक्तिका लागि उल्लेखनीय प्रगति देखिनेछ। आजको निर्णय दीर्घकालीन लाभदायी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर बढी सक्रियताका कारण थकान वा टाउको दुख्ने समस्या देखिन सक्छ। पानीको सेवन नियमित गर्नुपर्नेछ। फोक्सो वा सास फेर्ने समस्यालाई नजरअन्दाज नगर्नुहोस्। विद्यार्थीहरूका लागि अध्ययनमा ध्यान केन्द्रित हुनेछ। नयाँ विषय सिक्न प्रेरणा मिल्नेछ। विदेश यात्रा वा लामो दूरीको भ्रमणका लागि अनुकूल समय सुरु भएको छ, योजना बनाउन सक्नुहुन्छ। (शुभ रङ: सुनौलो, शुभ अंक: ४)
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन संयम, अनुशासन र व्यवहारिक सोचमा केन्द्रित हुनेछ। तपाईंले आफूलाई बढी जिम्मेवार बनाउनु पर्ने दिन हो। बाह्य दबाबका बाबजुद पनि आन्तरिक दृढताले मार्ग खुलाउनेछ। प्रेम जीवनमा धैर्य र समर्पण आवश्यक हुनेछ। सम्बन्धमा रहेको टाढोपनलाई सहन गर्नुपरे पनि विश्वासको डोरी समातिरहनु उत्तम हुन्छ। नयाँ सम्बन्ध सुरु गर्ने सोच बनिरहेको छ भने समय अझै परीक्षणको हो। पारिवारिक सम्बन्धमा केही मतभेद हुन सक्छ। घरको आर्थिक निर्णय, सम्पत्ति वा जिम्मेवारी बाँडफाँडको विषयले मनमुटाव गराउन सक्छ। सन्तुलित व्यवहार र बोलिमा ध्यान दिनु आवश्यक छ। आर्थिक पक्ष सन्तुलित रहन सक्छ, तर ठूला निर्णय तत्काल नगर्नु उचित हुनेछ। नयाँ ऋण लिने वा लगानी गर्ने सोच भएमा विशेषज्ञ सल्लाह आवश्यक पर्छ। बचतको योजना बनाएर मात्र खर्च गर्नु राम्रो। पेशागत क्षेत्रमा भने तपाईंको लगनशीलता र व्यावसायिक आचरणको कदर हुनेछ। यद्यपि माथिल्लो निकायबाट अपेक्षित सहयोग ढिलो मिल्ने सम्भावना छ। आफूले गरेका प्रयासको नतिजा एकछिन विलम्ब भए पनि आउनेछ। स्वास्थ्य पक्षमा हाडजोर्नी, घुँडाको दुखाइ वा घाँटीको समस्या सताउन सक्छ। लामो समय कुर्सीमा बस्नुपर्नेहरूका लागि व्यायाम अनिवार्य हुनेछ। विद्यार्थीहरूका लागि आज आत्ममूल्यांकनको दिन हो। लक्ष्य निर्धारण गर्न सजिलो हुनेछ, तर लागिपर्ने प्रेरणा आफैंबाट आउनु पर्छ। यात्रा गर्दा ढिलाइ वा कागजी प्रक्रिया अलमल हुने सम्भावना छ, सबै कागजात तयार राख्नु राम्रो। (शुभ रङ: रानी, शुभ अंक: ८)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन सिर्जनात्मक सोच, सामाजिक सम्बन्ध र दूरदर्शी दृष्टिकोणको दिन हुनेछ। तपाईंको विचार र अभिव्यक्तिले अरूको ध्यान आकर्षित गर्नेछ। स्वतन्त्र निर्णय लिने अवसर प्राप्त हुनेछ। प्रेम जीवनमा स्वतन्त्रताको चाहना बढ्नेछ। आज तपाईं सम्बन्धमा केही नयाँपन चाहनुहुन्छ—एकै खालको दिनचर्याबाट थकान लागे जस्तो अनुभूति हुन सक्छ। त्यसैले गम्भीर निर्णय गर्नु भन्दा संवाद गर्न समय दिनु उचित हुनेछ। पारिवारिक सम्बन्धमा तपाईंको विचारप्रति सबै सहमत नहुन सक्छन्। विशेष गरेर नयाँ प्रवृत्ति वा बदलिएको जीवनशैलीप्रति जेठा सदस्यहरूबाट असहमति आउन सक्छ। त्यसैले धैर्य र सन्तुलनमा ध्यान दिनुहोला। आर्थिक पक्षमा स्थिरता रहनेछ। अनलाइन कारोबार, फ्रीलान्सिङ, अनुसन्धान वा प्रविधिसँग सम्बन्धित काममा आम्दानी बढ्नेछ। ठूला लगानी भने अझै सोचेर मात्र गर्नु श्रेयस्कर हुनेछ। कामकाजको क्षेत्रमा नयाँ अवसरहरू देखा पर्न सक्छन्। अन्तर्राष्ट्रिय सम्पर्क, सामाजिक सेवा वा प्राविधिक क्षेत्रमा संलग्नहरूका लागि विशेष फाइदाको समय हो। अफिस वा समूहमा तपाईंको विचारको कदर हुनेछ। स्वास्थ्य सामान्य रहन सक्छ, तर तनावजन्य रोग, अनिद्रा वा एलर्जीले सानो असर पुर्याउन सक्छ। ध्यान, योग वा ध्यान केन्द्रित अभ्यासबाट लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन नयाँ सन्दर्भहरू पढ्न प्रेरणा दिनेछ। यात्रा गर्ने योजना भएमा नयाँ ठाउँमा पुग्ने अवसर प्राप्त हुनेछ, विशेष गरेर प्राविधिक वा बौद्धिक कार्यक्रममा। (शुभ रङ: हल्का नीलो, शुभ अंक: ५)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन आत्मविश्लेषण र अन्तर्मनको आवाज सुन्ने दिन हो। तपाईंको संवेदनशीलता र काव्यमय भावना गहिरिंदै जानेछ। आन्तरिक भावनालाई कलात्मक ढंगले व्यक्त गर्ने समय हो। प्रेम जीवनमा भावना साँचो छ तर भ्रम पनि संगै आउन सक्छ। प्रेममा धेरै कुराहरू मनभित्र राख्ने बानीले समस्या निम्त्याउन सक्छ। आज खुला संवाद र विश्वासको माध्यमबाट सम्बन्धलाई बलियो बनाउन सकिनेछ। पारिवारिक जीवनमा भावनात्मक नजिकपन देखिए पनि निर्णयमा अस्पष्टता देखिन सक्छ। सबैको भावना बुझ्ने प्रयास गरिए पनि कहिलेकाहीँ आफ्नै निर्णय गर्नुपर्ने हुन्छ—आज त्यही स्थिति बन्न सक्छ। आर्थिक पक्ष केही अस्थिर देखिन्छ। आम्दानीभन्दा बढी खर्चको सम्भावना छ, विशेष गरी मनोरञ्जन, सौन्दर्य वा उपहारमा। अतः खर्च कटौती र बजेट व्यवस्थापनमा ध्यान पुर्याउनु जरुरी हुनेछ। कामकाजको क्षेत्रमा तपाईंको सिर्जनात्मक सोचको कदर हुनेछ। विशेष गरेर संगीत, लेखन, चित्रकलाजस्ता क्षेत्रमा संलग्न व्यक्तिका लागि उत्कृष्ट अवसर प्राप्त हुनेछ। अफिसमा सहकर्मीहरूसँग सुमधुर व्यवहार गर्नु होला, किनभने आज सानो झगडा पनि गम्भीर बन्न सक्छ। स्वास्थ्यमा कमजोरी, थकान वा छालासम्बन्धी समस्याले सताउन सक्छ। पर्याप्त आराम, पानीको मात्रा र समयमै खाना खानु आवश्यक छ। विद्यार्थीहरूका लागि आजको दिन चिन्तामुक्त भएर पढ्नुपर्ने हो—तपाईंको कल्पनाशक्ति उच्च छ, त्यसलाई प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ। यात्रा गर्नु परे, एक्लैभन्दा साथी वा परिवारसहित गर्नु लाभदायक हुनेछ। (शुभ रङ: खरानी, शुभ अंक: १)
तपाईंको दिन शुभ रहोस्!