News Portal

धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

२४६ पटक

काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला गरिने भएको छ। साउन १ गतेदेखि लागू भएको नयाँ समय व्यवस्थाले सर्वसाधारण तथा पर्यटकहरूलाई थप सहज बनाएको छ।

२०७२ सालको विनाशकारी भूकम्पबाट भत्किएको धरहरा संविधान दिवसको अवसर पारेर पुनर्निर्माणपछिको स्वरूपमा जनसाधारणका लागि पहिलोपटक खोलिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा निर्माण थालिएको यो धरहरा २०७८ साल वैशाख ११ गते ओलीकै हातबाट उद्घाटन गरिएको हो।

सहरी विकास मन्त्रालयका अनुसार, धरहराबाट अहिलेसम्म असार २४ गतेसम्मको विवरणअनुसार ४ करोड ८३ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ। यो आम्दानी मुख्यतः धरहरा चढ्न लाग्ने प्रवेश शुल्कबाट उठाइएको हो।

हाल धरहरा अवलोकन गर्न जाने आगन्तुकहरूलाई पार्किङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ, जसले सवारीसाधन लिएर जाने नागरिकहरूलाई राहत मिलाएको छ। धरहरा चढ्न सर्वसाधारणले प्रतिव्यक्ति २ सय रुपैयाँ तिर्नुपर्छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुटसहित १ सय रुपैयाँमा धरहरा अवलोकन गर्न सक्छन्।

सार्क राष्ट्रका पर्यटकहरूका लागि ५ सय रुपैयाँ र अन्य विदेशी पर्यटकहरूका लागि १ हजार रुपैयाँको प्रवेश शुल्क निर्धारण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...