News Portal

शिक्षकबाटै यौन आक्रमण प्रयास, रोक्न गएका नागरिक पक्राउ

४९० पटक

पोखरा, साउन २ – पोखरा–१६ स्थित विन्दवासिनी माविका सहायक प्रधानाध्यापक भेषराज पौडेल र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर दीपक सापकोटाले पोखरा–८ मा रहेको सेभेन स्टार रेष्टुरेन्टमा कार्यरत २२ वर्षीया वेटर युवतीमाथि बलात्कार प्रयास गरेका छन्।

विवादको सुरुवात युवती काम सकेर साँझपख घर फर्किन निस्किएकै बेला भयो। भेषराज र दीपकले उनलाई पछ्याउँदै बाटोमै जबर्जस्ती गर्न खोजेपछि युवतीले साहसिक ढंगले उम्किँदै प्रतिकार गरिन्। युवतीको गुहार सुनेर तत्कालै नजिकै रहेका लोकबहादुर थापा घटनास्थलमा पुगेका थिए। युवतीको अस्मिता जोगाउन उनले भेषराजलाई थप्पड हाने, जसपछि उनी बाटोमै ढले।

यद्यपि, घटनाको सुरुवात रेष्टुरेण्ट भित्रबाटै भएको थियो। भेषराजले रिसेप्सन अगाडि शारीरिक दुर्व्यवहार मात्र होइन, किचनसम्म पसेर खोजखाज गरेको र क्याबिनभित्र समेत आपत्तिजनक हर्कतहरू गरेको बुझिएको छ। ती युवतीको गोपनीयता कायम राख्दै घटनाका भित्रि दृश्यहरू सार्वजनिक गरिएको छैन। तर, घटनामा भेषराज ढलेपछि अन्तिम क्षणमा भागेका व्यक्ति भने दीपक सापकोटा रहेको खुलेको छ।

यता, पीडित पक्षले रेष्टुरेण्टमा रहेका सिसीटिभी फुटेजहरू प्रमाणका रूपमा प्रस्तुत गरिसकेको छ भने स्थानीयवासी र महिला अधिकारकर्मीहरूले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...