News Portal

अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

२३६ पटक

काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने भएको छ। सहरी विकास मन्त्रालयका अनुसार सार्वजनिक बिदाका दिन र शनिबार पनि धरहरामा चढ्न पाइनेछ।

मन्त्रालयका प्रवक्ता नारायण मैनालीले अब धरहरा दुई सिफ्टमा सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार विगतमा धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था थियो। नागरिकहरूले समय छोटो भएको गुनासो गर्दै आएका थिए, त्यसैले मन्त्रालयले अवलोकन समय थप गर्ने निर्णय गरेको हो।

२०७२ सालको विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माणपछि गत असोज ३ गते परीक्षणका रूपमा खोलिएको थियो भने मङ्सिर ९ गतेदेखि शुल्क लिएर सर्वसाधारणलाई चढ्न दिने व्यवस्था गरिएको थियो।

धरहरा सञ्चालनको सात महिनाको अवधिमा २ लाख ३७ हजार ६५ जनाले अवलोकन गरिसकेका छन्। सो अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ।

हाल धरहराको सञ्चालन विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ अनुसार सशुल्क रूपमा हुँदै आएको छ। अवलोकन समय थप भएसँगै अब राजधानी आउने पर्यटक, विद्यार्थी तथा स्थानीय बासिन्दाका लागि धरहरा अवलोकन गर्न झनै सहज र सुगम हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...