News Portal

काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

२५५ पटक

काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्। वातावरणमैत्री र दिगो सहरी यातायात प्रणालीको लक्ष्यसहित महानगर यातायात प्रालिले यी बस सञ्चालनमा ल्याएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज आयोजित विशेष कार्यक्रममा नयाँ बस सेवाको उद्घाटन गर्दै पेट्रोलियम इन्धनमा निर्भरता घटाएर ‘स्मार्ट सहर’ निर्माणतर्फ सरकार अघि बढेको बताए। उनले विद्युतीय बस सञ्चालनलाई थप प्रोत्साहन गर्न नीति तथा संरचना तयार पार्दै जाने स्पष्ट पारे।

महानगर यातायात प्रालिका सचिव केशव नेपालले सार्वजनिक यातायातमा आधारित पहिलो पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनीले नयाँ अध्याय सुरु गरेको जानकारी दिए। कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले उपत्यका र वरपरका क्षेत्रमा पनि निकट भविष्यमा विद्युतीय बस विस्तार गर्ने योजना सुनाए।

यसअघि कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि बस सेवा सञ्चालन गरिसकेको छ। कम्पनीले स्वच्छ वातावरणको संरक्षण र सहरी यातायातलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...