News Portal

पेस्तोलसहित हरी र आशिष पक्राउ

३१५ पटक

रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा जहदा–४ मा भुसाको बोराभित्र लुकाइ राखिएको सिक्सर कटुवा पेस्तोल फेला पारी हरी महतो र आशिष कुमार मण्डललाई पक्राउ गरेको हो।

यी दुबै जना तीन महिना अघि दुईवटा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेर थुनामा रहेका थिए र केही दिनअघि मात्रै सुधारगृहबाट छुटेका थिए भन्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा संलग्न अर्का मुकेश कुमार महतो फरार छन् र उनको खोजी भइरहेको रंगेली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...