News Portal

पेस्तोलसहित हरी र आशिष पक्राउ

२६७ पटक

रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा जहदा–४ मा भुसाको बोराभित्र लुकाइ राखिएको सिक्सर कटुवा पेस्तोल फेला पारी हरी महतो र आशिष कुमार मण्डललाई पक्राउ गरेको हो।

यी दुबै जना तीन महिना अघि दुईवटा मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेर थुनामा रहेका थिए र केही दिनअघि मात्रै सुधारगृहबाट छुटेका थिए भन्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनामा संलग्न अर्का मुकेश कुमार महतो फरार छन् र उनको खोजी भइरहेको रंगेली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...