News Portal

अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, तल्लो बाटो हुँदै अमेरिका छिर्न खोजेकाहरु

३४१ पटक

काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार २५ जेठमा चार्टर्ड उडानबाट ३७ जना फर्किएपछि पनि नियमित रूपमा एक-दुई जनाका दरले नेपालीहरू डिपोर्ट भइरहेका छन् । अहिले डिपोर्ट गरिएका व्यक्तिहरू नियमित उडानमार्फतै नेपाल आइपुगिरहेका छन् ।

विभागले उपलब्ध गराएको विवरणअनुसार, पछिल्लो केही सातामै १९ जना नेपालीलाई अमेरिका प्रशासनले फर्काएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी प्रशासनले कडा अध्यागमन नीति लागू गरेकाले सामान्य अपराधमा समेत समातिएकाहरू डिपोर्ट हुने गरेका छन् ।

फर्काइएका अधिकांश नेपालीहरू तल्लो बाटो हुँदै अवैध रूपमा अमेरिका छिर्ने प्रयासमा पक्राउ परेका हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरूबाट तस्करीमा संलग्न गिरोहबारे जानकारी लिन विमानस्थलमै सोधपुछ गर्ने गरेको छ । तर धेरैजसोले प्रहरीलाई सहयोग गर्न नमान्ने गरेको पाइएको छ ।

‘उनीहरूलाई पठाउने प्रायः आफन्त र चिनजानकै व्यक्ति हुने भएकाले उजुरी गर्न डराउँछन्,’ ब्यूरोमा लामो समयदेखि आबद्ध एक अधिकृतले हिमाली सञ्चारलाई बताए ।

अवैध बाटोबाट अमेरिका छिर्नेहरूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । मध्यपूर्व, युरोप र दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै उनीहरूलाई उत्तरी अमेरिकामा पुर्‍याइने गरिएको पाइएको छ ।

अध्यागमन विभागका अनुसार ट्रम्प राष्ट्रपति बनेयता हालसम्म १९७ जना नेपालीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । प्रहरीका अनुसार डिपोर्ट भएकाहरूको बयानका आधारमा मानव तस्करी सञ्जालविरुद्ध अनुसन्धान अगाडि बढाइने छ ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...