News Portal

इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

३६४ पटक

प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै पूर्वपत्नीकै ज्यान लिएपछि दुई नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको चक्कु प्रहार गरी हत्या गर्ने काम उनका पूर्वपति लीलबहादुर बरालले गरेका हुन्।

प्यूठान प्रहरीले दिएको जानकारी अनुसार ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। मंगलबार बिहान साढे ९ बजेतिर उनले रुक्मणीलाई चक्कु प्रहार गरेका थिए। प्रारम्भिक अनुसन्धानमा लीलबहादुरले विदेशमा हुँदाकाे क्रममा आफूलाई धोका दिएको र घर फर्केर पनि सँगै बस्न नमानेको भन्दै रिसइबीमा हत्या गरेको स्वीकारेका छन्।

लीलबहादुर तीन वर्षअघि रोजगारीका लागि इजरायल गएका थिए र असार २४ गतेमात्र नेपाल फर्किएका थिए। फर्किएपछि उनले रुक्मणीसँग पुनः सम्बन्ध जोड्न कोसिस गरेका थिए तर रुक्मणीले वैशाखमा दिपक परियारसँग दोस्रो विवाह गरिसकेकी थिइन्। हाल दिपक संखुवासभामा काम गर्दैछन् भने रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्दै आएकी थिइन्।

डिला परियारका अनुसार लीलबहादुरले रुक्मणीलाई भेट्न फोन गरी घरमै आएर चक्कु निकालेर हमला गरेका थिए। ‘मैले धेरै कराएँ, रोक्न खोजेँ तर केही सुनेनन्,’ डिलाले आँखाभरि आँसु पार्दै भनिन्।

रुक्मणी र लीलबहादुरबाट जन्मिएका ६ वर्षीय छोरा र साढे तीन वर्षकी छोरी आमाको हत्या र बाबुको गिरफ्तारीसँगै अभिभावकविहीन बनेका छन्। ‘बच्चाहरू सानै छन्, अब कसले हेर्ने भन्ने ठूलो चिन्ता छ,’ प्यूठानका डीएसपी दिपेश बस्यालले हिमाली सञ्चारसँग बताए।

घटनाको जड पूर्ववैवाहिक द्वन्द्व रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। डीएसपी बस्यालका अनुसार लीलबहादुरले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘म विदेशमा कमाउन बसेँ, उसले अर्कैसँग घर बस्न थाली। फर्केपछि पनि सँगै बस्न मानेन, डिभोर्स दिन पनि मानेन। त्यसैले हत्या गर्न बाध्य भएँ।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...