News Portal

  • इजरायलबाट फर्किएपछि पूर्वपतिको क्रोध : प्यूठानमा श्रीमतीको हत्या, दुई नाबालकको बिचल्ली

    २४० पटक

    प्यूठान, असार ३१ – परदेश कमाइ गरेर तीन वर्षपछि घर फर्किएका प्यूठानका एक युवकले आफ्नै पूर्वपत्नीकै ज्यान लिएपछि दुई नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको चक्कु प्रहार गरी हत्या गर्ने काम उनका पूर्वपति लीलबहादुर बरालले गरेका हुन्।

    प्यूठान प्रहरीले दिएको जानकारी अनुसार ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई घटनास्थलबाटै पक्राउ गरिएको छ। मंगलबार बिहान साढे ९ बजेतिर उनले रुक्मणीलाई चक्कु प्रहार गरेका थिए। प्रारम्भिक अनुसन्धानमा लीलबहादुरले विदेशमा हुँदाकाे क्रममा आफूलाई धोका दिएको र घर फर्केर पनि सँगै बस्न नमानेको भन्दै रिसइबीमा हत्या गरेको स्वीकारेका छन्।

    लीलबहादुर तीन वर्षअघि रोजगारीका लागि इजरायल गएका थिए र असार २४ गतेमात्र नेपाल फर्किएका थिए। फर्किएपछि उनले रुक्मणीसँग पुनः सम्बन्ध जोड्न कोसिस गरेका थिए तर रुक्मणीले वैशाखमा दिपक परियारसँग दोस्रो विवाह गरिसकेकी थिइन्। हाल दिपक संखुवासभामा काम गर्दैछन् भने रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्दै आएकी थिइन्।

    डिला परियारका अनुसार लीलबहादुरले रुक्मणीलाई भेट्न फोन गरी घरमै आएर चक्कु निकालेर हमला गरेका थिए। ‘मैले धेरै कराएँ, रोक्न खोजेँ तर केही सुनेनन्,’ डिलाले आँखाभरि आँसु पार्दै भनिन्।

    रुक्मणी र लीलबहादुरबाट जन्मिएका ६ वर्षीय छोरा र साढे तीन वर्षकी छोरी आमाको हत्या र बाबुको गिरफ्तारीसँगै अभिभावकविहीन बनेका छन्। ‘बच्चाहरू सानै छन्, अब कसले हेर्ने भन्ने ठूलो चिन्ता छ,’ प्यूठानका डीएसपी दिपेश बस्यालले हिमाली सञ्चारसँग बताए।

    घटनाको जड पूर्ववैवाहिक द्वन्द्व रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। डीएसपी बस्यालका अनुसार लीलबहादुरले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘म विदेशमा कमाउन बसेँ, उसले अर्कैसँग घर बस्न थाली। फर्केपछि पनि सँगै बस्न मानेन, डिभोर्स दिन पनि मानेन। त्यसैले हत्या गर्न बाध्य भएँ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...