News Portal

टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

३६५ पटक

काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे जमाली अब कानुनी रूपमा पतिको र पत्नीकै रूपमा बाँधिएका छन्। काठमाडौं जिल्ला अदालत पुगेका यी दुईले सोमबार अदालती विवाह (कोर्ट म्यारिज) गरेर आफ्नो सम्बन्धलाई वैधानिक बनाएका हुन्।

विवाहपछिको खुसी उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। कोर्ट म्यारिजका तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन्, ‘हामीलाई अनलाइन खोज्न त खोजे, तर हामी त हाम्रो सधैंका लागि अनलाइनमै हस्ताक्षर गर्दै थियौं। मिस्टर एण्ड मिसेस।’

यो जोडीले २०८० साल असोज १९ गते दुबईमा ईन्गेजमेन्ट गरेका थिए। त्यतिबेला उनीहरूको इन्गेजमेन्टका फोटो र भिडियाहरू टिकटकमा निकै भाइरल भएका थिए। त्यसबेला पनि इन्गेजमेन्टको खबर उनीहरूले आफ्नै सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए।

पाकिस्तानी मूलकी एलिजे र नेपाली नागरिक आयुषको भेट टिकटक लाइभमार्फत भएको थियो। सोही भेटबाट सुरु भएको प्रेम केही समयमै विवाहमा परिणत भएको हो।

एलिजे लामो समयदेखि दुबईमा बस्दै आएकी थिइन्। इन्गेजमेन्टपछि भने उनी नेपाल आएर आयुषसँगै बस्दै आएकी छन्। नेपाल र पाकिस्तानका युवायुवतीबीचको अन्तरदेशीय प्रेम र विवाह भएकाले पनि सामाजिक सञ्जालमा उनीहरूको चर्चा अझ चुलिएको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...