News Portal

फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

२०९ पटक

पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकले ज्यान गुमाएका छन्। आइतबार बिहान पौडी खेल्दा डुबेका पोखरा वडा नम्बर ५ निवासी ३० वर्षीय प्रकाश त्रिपाठीको शव फुस्रेखोलाबाट निकालिएको छ।

प्रहरीका अनुसार त्रिपाठी बिहान करिब १०:४५ बजेतिर खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटना थाहा पाएलगत्तै वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको टोलीले खोलाको करिब ३० फिट गहिराइमा त्रिपाठीलाई मृत अवस्थामा फेला पारेको हो।

त्रिपाठीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...