News Portal

काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

२५१ पटक

काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आज दिउँसो २ बजेका लागि बोलाउनु भएको छ भने त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले बजेट प्रस्तुत गर्ने प्रस्ताव अघि सारेका थिए। यसअघि राजस्व परामर्श समितिले २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरिसकेको छ र सोही अनुसारको बजेट आज सार्वजनिक गरिने जनाइएको छ।

संविधान अनुसार स्थानीय तहले असार १० भित्र बजेट पेस गरिसक्नुपर्ने व्यवस्था भए पनि आन्तरिक विवादका कारण काठमाडौं महानगरमा बजेट ल्याउन ढिलाइ भएको हो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...