News Portal

काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

१७६ पटक

काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आज दिउँसो २ बजेका लागि बोलाउनु भएको छ भने त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले बजेट प्रस्तुत गर्ने प्रस्ताव अघि सारेका थिए। यसअघि राजस्व परामर्श समितिले २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरिसकेको छ र सोही अनुसारको बजेट आज सार्वजनिक गरिने जनाइएको छ।

संविधान अनुसार स्थानीय तहले असार १० भित्र बजेट पेस गरिसक्नुपर्ने व्यवस्था भए पनि आन्तरिक विवादका कारण काठमाडौं महानगरमा बजेट ल्याउन ढिलाइ भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...