News Portal

सुर्खेतका एक युवाले मलेसियाबाट पैसा मात्रै ल्याएनन्, सिप पनिसँगै ल्याएर आए

हिमाली संचार संवाददाता
९६४ पटक

नगेन्द्र उपाध्यय
सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।

अधिकांस नेपाली युवाहरू अरुको देशमा पसिना बगाएर पैसा कमाउँछन्’ खड्काले भने, ‘मैले पनि पसिना बगाएर पैसा मात्रै कमाइन्, सीप पनि सिकेर आएँ।’खड्काले १० वर्षसम्म मलेसियाको एक धुप (अगरवत्ती) उद्योगमा काम गरे। उनको यो मूल पेशा थियो। बाँकी रहेको समय उनी चप्पल उद्योगमा काम गर्थे। ‘मेरो लक्ष्य पैसा कमाउनु मात्रै थिएन्, सीप सिक्नु पनि थियो’ खड्काले भने, ‘विदेशमा कमाएको पैसा र सिकेको सीपले अहिले यहाँ उद्योग स्थापना गर्न सफल भएको छु।’

खड्काले वीरेन्द्रनगर–९ पातालगंगामा खड्का फुटवेर नामबाट चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। एक वर्षअघि मलेसियाबाट फर्केका उनले चप्पल र अगरबत्तीका बारेमा जिल्ला–जिल्लामा पुगेर अध्ययन गरे। ‘अगरबत्ती भन्दा चप्पल उद्योग सञ्चालनमा ल्याउँदा चाँडो आम्दानी हुने देखेँ’ खड्काले भने, ‘उद्योग सुरुवातको छोटो समयमै राम्रो बजार पाइरहेको छु।’

उनको उद्योगबाट उत्पादित चप्पल बाहिरबाट आयात भएर आउने चप्पल भन्दा सस्तो छ। खड्का फुटवेयरको ‘कर्णाली’ ब्राण्डले बजारमा राम्रो प्रतिक्रिया पाएको छ।.साविकको जर्वुटा गाविसको नलखोलामा जन्मिएका उनले मलेसिया जाँदा छिमेकीसँग एक लाख १० हजार रुपियाँ ऋण मागेका थिए।

१० वर्षसम्म मलेसियामा पसिना बगाएर कमाएको पैसाबाट उनले वीरेन्द्रनगर–९ स्थित पातालगंगामा जमिन किने। घर बनाए। अहिले घरमै उद्योग स्थापना गरेका छन्।

‘श्रीमतीसहित पाँच जना उद्योगमा काम गछौं’ उनले भने, ‘छोटो समयमै राम्रो मार्केट पाइएकाले यसलाई विस्तार गर्दै जाने सोच छ।’पश्चिम नेपालमा चप्पल उद्योग छैनन्। हाल कर्णाली प्रदेशमा सिमिति ‘कर्णाली’ ब्राण्डलाई देशभर पुर्याउने लक्ष्य उनको छ। उद्योगका लागि चाहिने मेसिन र कच्चा पदार्थ उनले भारतबाट आयात गरेका हुन्।

आठ लाखको लगानीमा उत्पादन सुरु गरेको हुँ’ खड्काले भने, ‘चप्पलको बजार राम्रो रहेकाले लगानी थपेर ठूलो बनाउने सोच छ।’उनीसँग चप्पल उत्पादन गर्ने मात्रै होइन्, अगर बत्ती बनाउने सीप पनि छ। चप्पल उद्योगपछि अगरबत्ती उद्योग सञ्चालनमा ल्याउने सोच उनले बनाएका छन्। ‘सुरुमा चप्पल उद्योगलाई स्थापित गर्छु, त्यसपछि मैनबत्ती उद्योग सञ्चालनमा ल्याउँछु’ उनले भने, ‘मैले अर्काको देशमा काम गर्दा जे सीप सिकेको छु, त्यो यहाँ सिकाउन पनि चाहान्छु।

उद्योग रहेको वडाका अध्यक्ष सुरेश मानन्धरले विदेशमा रहेका र जाने तयारीमा रहेका युवाहरुले खड्काबाट धेरै कुरा सिक्नुपर्ने बताए। ‘विदेशमा कमाउन मात्रै जाने होइन्, त्यहाँ काम गर्दा सिकेको सीपलाई स्वदेशमा आएर प्रयोगमा पनि ल्याउनुपर्छ’ उद्योगको नि रीक्षणपछि वडा अध्यक्ष मानन्धरले भने, ‘अहिले विदेशमा रहेका र जान लागेका युवाहरूलाई सीप सिकेर आउन अनुरोध गर्छु।

वडा अध्यक्ष मानन्धरले विदेशबाट आएका युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउनका लागि सीप अनुसारको लगानी गर्ने तयारी भइरहेको बताए। ‘वडा कार्यालयमार्फत हामीले विदेशमा सीप सिकेर यहाँ उद्योग अथवा स्वरोजगार बन्न चाहने युवालाई लगानी गर्ने तयारी हामीले गरेका छौं’ उनले भने, ‘यसले विदेशको सीपलाई नेपालमा प्रयोग गर्ने वातावरण बन्नुका साथै थप जनशक्ति रोजगार बन्ने अपेक्षा हामीले लिएका छौं।’

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...