News Portal

धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

२०२ पटक

धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । स्थानीय विवादबारे रिपोर्टिङका क्रममा उनीहरूमाथि दुर्व्यवहार भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

धरान–५ र १५ का बासिन्दाबीचको विवादको समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कोले न्यूज डटकमका सञ्चालक रोहित कुलुङ राई, कपुरी न्युजकी रश्मि प्रधान र पत्रकार डेबिट बस्नेतमाथि समर्थकहरूले दुर्व्यवहार गरेका हुन् ।

मेयर साम्पाङले सेउती खोलामा आउने बाढीलाई च्यानलिङ गर्न जेसीभी प्रयोग गरेर काम सुरु गरिरहेका बेला दुई वडाका बासिन्दाबीच भनाभन भएको थियो । त्यसैबीच विवाद बढेपछि झडपको सम्भावना देखिएपछि पत्रकारहरू समाचार संकलनका लागि पुगेका थिए । भिडिओ खिचिरहेका कुलुङ राईलाई एक व्यक्तिले नजिकै आएर भिडिओ किन खिचेको भन्दै गाली गरेका र त्यसपछि महिलाहरू बोलाएर थप दुर्व्यवहार गराएको पत्रकारहरूको भनाइ छ ।

पीडित पत्रकारहरूले धरान–५ सुन्दर बस्तीका करिब ३५ वर्षीय कवि याक्खा, करिब ५५ वर्षीय मणिराज राई र परिचय नखुलेका दुई महिलाविरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले घटनाबारे उजुरी परेपछि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...