News Portal

धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

२७१ पटक

धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । स्थानीय विवादबारे रिपोर्टिङका क्रममा उनीहरूमाथि दुर्व्यवहार भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

धरान–५ र १५ का बासिन्दाबीचको विवादको समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघका सदस्य तथा कोले न्यूज डटकमका सञ्चालक रोहित कुलुङ राई, कपुरी न्युजकी रश्मि प्रधान र पत्रकार डेबिट बस्नेतमाथि समर्थकहरूले दुर्व्यवहार गरेका हुन् ।

मेयर साम्पाङले सेउती खोलामा आउने बाढीलाई च्यानलिङ गर्न जेसीभी प्रयोग गरेर काम सुरु गरिरहेका बेला दुई वडाका बासिन्दाबीच भनाभन भएको थियो । त्यसैबीच विवाद बढेपछि झडपको सम्भावना देखिएपछि पत्रकारहरू समाचार संकलनका लागि पुगेका थिए । भिडिओ खिचिरहेका कुलुङ राईलाई एक व्यक्तिले नजिकै आएर भिडिओ किन खिचेको भन्दै गाली गरेका र त्यसपछि महिलाहरू बोलाएर थप दुर्व्यवहार गराएको पत्रकारहरूको भनाइ छ ।

पीडित पत्रकारहरूले धरान–५ सुन्दर बस्तीका करिब ३५ वर्षीय कवि याक्खा, करिब ५५ वर्षीय मणिराज राई र परिचय नखुलेका दुई महिलाविरुद्ध उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले घटनाबारे उजुरी परेपछि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीले विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...