News Portal

अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

२४५ पटक

अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्कमा एक छोराले नशाको मातमा आफ्नै बाबुको ज्यान लिएर मलखातामा गाडेको हृदयविदारक घटना खुलेको छ।

७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका ४० वर्षीय छोरा झुपे नेपालीले बुधवार दिउँसो घरमै दाउराको चोट हानी हत्या गरेका हुन्। घटनापछि शव घरनजिकैको मलखातामा लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

स्थानीयवासीका भनाइमा झुपे नेपाली पहिले देखिनै झगडालु र मदिरामा लठ्ठिने बानीका थिए। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मदिराको गहिरो मातमा झुपेले रिसको झोकमा बाबुलाई कुटपिट गरी हत्या गरेपछि शवलाई मलभित्र पुरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

झुपे यसअघि पनि दुई महिनाअघि अभद्र व्यवहारका कारण प्रहरी हिरासतमा परिसकेका थिए। अहिले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटनाबारे थप जानकारी दिंदै वडा सदस्य मिना श्रेष्ठले जंगबहादुरले कान्छी श्रीमती ल्याउँदा झुपे जन्मिएको बताइन्। बार्सखर्कमै हुर्केका झुपे प्रायः दिनभर मदिरा सेवन गरी गाउँमा हल्ला गर्ने बानीका थिए। बुधवार आमा घरमा नरहेको मौका छोपी बाबुलाई हत्या गरी शव मलखातामा गाडेको अवस्थामा भेटिएको श्रेष्ठले बताइन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...