News Portal

त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

१९४ पटक

चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। करिब ४५ देखि ५० वर्ष उमेर समूहको अनुमान गरिएका ती पुरुषको शव केही अंगविहीन अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको प्रारम्भिक जाँचपछि पहिचान खुल्न नसकेकाले थप प्रक्रिया पूरा गर्न भरतपुर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

२४ असारमा रसुवा क्षेत्रमा आएको बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूमध्ये कुनै एकको शव त्रिशूलीमा बगिएर चितवनसम्म आएको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...