News Portal

  • किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    २०७ पटक

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो फेला परेको छ। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले राजतीर्थ किराना पसलमा अचानक छापा हानेपछि रूपेशकुमार गुप्ता र उनका सहकर्मी विपिनकुमार गुप्ता झस्किए।

    नीलो सुट–पाइन्टमा सिआइबीका अनुसन्धानकर्ताहरू पसलभित्र छिर्दा रूपेश र विपिनलाई सुरुमा केही थाहा भएन। तर केहीबेरमै प्रहरीले पसलको चप्पा–चप्पा खानतलासी गरी पाँचवटा मोबाइल, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र सिसिटिभी डिभिआर बरामद गर्‍यो।

    अनुसन्धानका क्रममा उनीहरू बस्दै आएको घरको माथिल्लो तलाबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना समेत भेटियो। यहीँबाट प्रहरीले किराना पसलको नाममा लुकेको अवैध कारोबारको रहस्य खुलाएको हो।

    सिआइबीका एसएसपी होविन्द्र बोगटीका अनुसार रूपेश र विपिन दुवै भारतको बिहार मोतिहारीका नागरिक हुन्। नेपालमा १५ वर्षअघि आएका रूपेशले किराना पसल खोल्दै आफ्नो कारोबारलाई ‘ढाल’ बनाएर करोडौंको क्रिप्टो कारोबार गरिरहेको खुलेको छ। बरामद मोबाइलमा एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार विवरण भेटिएको छ।

    गुप्ताले हुण्डीको कारोबार समेत गर्दै आएको पाइएको छ। रकम ग्राहकसम्म पुर्‍याउन उनले आफ्नो सहकर्मी विपिनलाई डेलिभरीको जिम्मा दिने गर्थे। मोबाइल च्याटमा चिनियाँ नागरिकहरूसँग समेत कुराकानी भेटिएकोले यस कारोबारमा विदेशी जालो जोडिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

    हाल प्रहरीले बरामद सामग्री फरेन्सिक परीक्षणमा पठाएको छ भने बैंक खाताका विवरण पनि संकलन भइरहेको छ। सिआइबीले अभौतिक मुद्रा कारोबार, हुण्डी कारोबार र संरक्षित वन्यजन्तु सम्बन्धी कसुरमा उनीहरूलाई कारबाही अघि बढाएको जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...