News Portal

मनिषा कोइराला रवि लामिछानेको पक्षमा, रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता

१८१ पटक

काठमाडौं, असार २६ – चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा खुलेर समर्थन जनाउने भएकी छन्। लामिछानेमाथि भइरहेको ‘अन्याय’को विरुद्धमा आवाज उठाउँदै उनले पार्टीद्वारा सञ्चालित हस्ताक्षर अभियानमा सहभागिता जनाउने पक्का भएको छ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको हस्ताक्षर कार्यक्रममा मनिषा आज साढे ११ बजे नै पुग्ने तयारी भएको समितिका सचिव प्रमोद न्यौपानेले जानकारी दिए। लामो समयदेखि वैचारिक रुपमा राजसंस्थाको पक्षधर मानिँदै आएकी मनिषा यसअघि कुनै दलप्रति खुलेर उभिएकी थिइनन्।

उनको समर्थनले रास्वपाका नेता तथा कार्यकर्ताहरू थप उत्साहित भएका छन्। रवि लामिछानेविरुद्ध भइरहेको गतिविधि ‘राजनीतिक प्रतिसोध’ भएको भन्दै सुरु गरिएको यो अभियानमा मनिषाको ऐक्यबद्धता पार्टीका लागि ठूलो मनोबल बनेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...